०१ आश्विन २०८२, बिहिबार
18-09-2025 , Thu
×

महोत्तरीको जलेश्वर कारागारबाट १० कैदी रिहा

Logo
प्रकाशित सोमबार, आश्विन ०४, २०७८

न्यूजमधेश डेस्क
जलेश्वर ,४ असोज । संविधान दिवस– २०७८ को अवसर पारेर जलेश्वर कारागारबाट १० जना कैदी बन्दलाई रिहा गरिएको छ ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ अनुसार देशभरका ५ सय २३ कैदीबन्दीहरुलाई आम माफी दिएका हुन ।

जलेश्वर कारागारमा रहेका ९ जना पुरुष र एक जना महिला कैदीबन्दी आइतबार घर फर्केका छन् । रिहा भएकाहरु मध्ये एक महिला तथा चार जना पुरुष कर्तव्य ज्यान मुद्दाका रहेका थिए । पाँच जना सवारी ज्यान मुद्दाका कैदी बन्दी रहेको कारागार प्रमुख गणेश मिश्रले जानकारी दिए ।

रिहा हुनेहरुमा धनुषा जिल्लाको रामलक्षण यादव तथा सुन्दर यादव , दिलिप महतो , र संजय पंडित रहेका छन भने सर्लाही जिल्लाको शैल देवी रहेकी छिन । त्यसै गरि महोत्तरीका रामप्रकाश महरा , धनुषाका सत्यनारायण मुखिया , ज्ञान बहादुर छ्याछ्यापे (मगर ) , महोत्तरीका महादेव मण्डल तथा कैयुम नदाफ आईतबार कारागारबाट विदा भएका हुन ।

उनीहरुलाई फुल माला लगाएर विदा गरिएको जेलर मिश्राले बताए । रिहा हुनेहरुमा डेढ वर्षदेखि ९ वर्ष सम्मको सजाय काटेका कैदीबन्दीहरु रहेको मिश्रले जनाए ।जनकपुर टुडेमा छापिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]