१६ माघ २०८२, शुक्रबार
30-01-2026 , Fri
×

ठुकरा के मोहाब्बत हमर मैथिली गीत सार्वजनिक

Logo
प्रकाशित मंगलबार, आश्विन ०५, २०७८

राजविराज, ५ असोज । मिथिला क्षेत्रका चर्चित युवा कलाकार निराजन मेहताको अभिनयमा “ठुकरा के मोहाब्बत हमर” बोलको मैथिली गीत सार्वजनिक गरिएको छ ।
सप्तरीको राजविराजबाट सञ्चालित शर्मा क्रिएसन नामक युट्युब च्यानलबाट आज (मंंगलवार) सार्वजनिक गरिएको छ । देव प्रसाद साहको शब्द रहेको उक्त गीतमा निराजन मेहता, मेनुका, राजा बाबु र सुभाष साहको अभिनय रहेका छन् ।
यसैगरी युवा गायक प्रकाश शर्माको सुमधुर आवाजमा रहेको गीतमा अशोक कुमारको संगीत रहेको छ भने, अडियो सम्पादन डीजे सुरेश र मेकअप कृष्ण सुवेदीले गरिएको शर्मा क्रिएशनका आउनर चुनु शर्माले न्युज मधेशलाई जानकारी दिए । गीतको छायाँकन शिव र संतोष मण्डलले गरेको भिडियोको सम्पादन चुनु शर्माले गरेको हो ।
यस अघि दर्जनौ फिल्म र म्युजिक भिडियोमा निर्देशकको रुपमा समेत कार्य गरेको निराजन मेहताले मधेशी पुत्र नामको फिल्मबाट थप चर्चा पाएको थियो ।
हेर्नुहोस भिडियो :
https://www.youtube.com/watch?v=wm3TziWt1vc

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]