२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

सप्तरीमा सवारी दुर्घटना हुदाँ १ जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, आश्विन ०५, २०७८

राजविराज, ५ असार ।
सप्तरीमा सोमवार सवारी दुर्घटना हुँदा एक जना को मृत्यु भएको छ । खडक नगरपालिका वडा नम्बर ६ विरपुर स्थित पुर्व पश्चिम लोकमार्गामा पिकअपले मोटरसाइकलको ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको हो ।
पुर्व पश्चिम लाकमार्ग अन्तर्गत पुर्वतर्फबाट पश्चिमतिर जादै गरेको बा १४ च ६२७९ नम्बरको पिकअप र विपरीत दिशाबाट जादै गरेको रहल ना ३७ प ३८९४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । पर्सा जिल्लाको जिरा भवानी ३ को श्याम सुन्दर प्रसाद थारुको ३७ वर्षीय छोरा शिवशक्ती चौधरी गम्भीर घाइल भए पश्चात उपचारकालागि अस्पताल गएपश्चात डाक्टरले मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।
उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]