२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

जाली नोट सहित कारोबारी छोडने मुख्य योजनाकार कारवाहीमा परेन्न, प्रहरी निरीक्षक यादव कारवाहीमा परे

Logo
प्रकाशित मंगलबार, आश्विन ०५, २०७८

न्यूजमधेश डेस्क
सर्लाही, ५ असोज । सर्लाही प्रहरीले जाली नोट सहित कारोबारीलाई पक्राउ गरेपनी २५ लाखको लोभमा जाली नोट र कारोबारीलाई छोडिएको घटना उजागर भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा प्रहरी सहायक निरीक्षक मनोज यादव र इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक अवधेश यादवले २५ लाख रकम घुस लिए पश्चात् जाली नोट सहितको कारोबारीलाई छोडिएका हुन ।

बिगत १ महिना अगाडी इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक अवधेश यादवको कमान्डमा खटिएको टोलिले जाली नोट सहित कारोबारीलाई पक्राउ गरेका थिए । तर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक मनोज यादवले कारोबारी सङ्ग बार्गेनिङ्ग गरि २५ लाख रूपैया बुझेको बताइन्छ । रकम बुझे पश्चात् जाली नोट सहित कारोबारीलाई छोडिएको थियो । तर यस बिषयमा २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उमेश रन्जितकारलाइ जानकारी हुनासाथ प्रहरी निरीक्षक यादवलाइ तानेर कारवाही सुरू गरेको प्रहरी श्रोतले जनाएको छ । प्रहरी निरीक्षक यादवलाइ प्रदेश प्रहरी कार्यालय तानिएपनी मुख्य भुमिका खेलेका प्रहरी सहायक निरीक्षक मनोज यादवलाइ भने तानिएका छैन्न ।

यस घटनामा प्रहरी सहायक निरीक्षक मनोज यादव, प्रहरी निरीक्षक अवधेश यादवको साथ साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुह प्रहरी उपरीक्षक सन्तोश सिंह राठौरको नाम समेत मुछिएको छ ।

तर कारवाही भने मात्र प्रहरी निरीक्षकलाई भएको बताइन्छ । किनभने अख्तियार दुरूपयोग अनुसन्धानका आयुक्त जय बहादुर चन्दको बिश्वासिला पात्रको रूपमा प्रहरी सहायक निरीक्षक मनोज यादवलाइ चिनिने गरिन्छ । स्थानीयदेखि अख्तियार दुरुपयोग अनुसन्धानको नाममा समेत प्रहरी सहायक निरीक्षक मनोज यादव रकम उठाउने र पुर्याउने गरेको कारण उनी माथी कुनै किसिमको कारवाही नभएको बताइन्छ ।

यता सर्लाही प्रहरीले जाली नोट सहित पक्राउ गरेका कारोबारीलाई छोडनसाथ पुन: जाली नोट सहित बाराको निजगढबाट बारा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

निजगढ नगरपालिका वडा नम्बर ८ स्थित रहेको तारा इन होटेलमा रूम भाडामा लिइ बस्दै र जाली नोट कारोबारलाई तिब्रता दिएको विशेष सूचनाको अधारमा निजगढ प्रहरीले पक्राउ गर्न सफल भएको थियो । बारा प्रहरीले पक्राउ गरेको पाच जना मध्ये एक जनालाई १ महिना अगाडी सर्लाही प्रहरीले पक्राउ गरेको भन्ने बिषयमा यस घटनाबाट खुल्न आएको प्रहरी श्रोतले जनाएको छ ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर सङ्ग बुझदा आफुलाइ केही जानकारी नभएको बताउदै पन्छिन खोजेका थिए भने प्रदेश प्रहरी कार्यालयले हाल डिआइजी रन्जितकार बिदामा रहेको र प्रहरी निरीक्षक यादव बारे उहालाइ नै जानकारी रहेको बताउदै तथा उक्त मुदामा अनुसन्धान भइरहेको कारण मिडियालाइ बताउन नमिल्ने भन्दै एसएसपी मसुद आलम खाँ ले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]