०८ पुष २०८२, बुधबार
24-12-2025 , Wed
×

पत्रकार अनन्त अनुरागले पाए प्रेस काउन्सिलको समाबेशी पत्रकारिता पुरस्कार

Logo
प्रकाशित बिहिबार, आश्विन ०७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,७ असोज । प्रेस काउन्सिलको समाबेशी पत्रकारिता पुरस्कार-२०७८ बाट पत्रकार अनन्त अनुराग सम्मानित भएका छन् ।

२०६० साल देखि निरन्तर एफ. एम. रेडियो, टेलिभिजन पत्रकारिता मार्फत संघियता, समाबेशीताको मुदामा पत्रकार अनुराग बहस, छलफल र कलम चलाउदै आएका छन ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उनलाई पुरस्कार प्रदान गरेकी हुन् ।

प्रेस काउन्सिलले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष सक्रिय पत्रकार र सञ्चार माध्यमलाई पुरस्कृत गर्दै आएको छ । यो वर्ष काउन्सिलले १० वटा शीर्षकमा पुरस्कारहरू वितरण गरेको हो ।

विगत लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका अनन्त अनुराग हाल एबिसी टेलिभिजनलमा बहस कार्यक्रम सन्चालन गर्दै आइरहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]