१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

कोशी ब्यारेजको पुरै ५६ वटै ढोका खुला,खतराको सकेत बढदै

Logo
प्रकाशित आइतबार, आषाढ २९, २०७६

राजविराज । सप्तरी र सुनसरीको बीचमा रहेको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५६ ढोका (फाटक ) खुला गरिएको छ।

कोशी नदिको पुल उच्च जोखिममा रहेको कारण राती ९ बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले बताएका छ्न।
सप्तकोशी नदीमा पछिल्लो मापन अनुसार पानीको बहावे ३ लाख ७१ हजार १ सय १० क्युसेक प्रतिसेकेण्ड रहेको छ ।
शिनबार दिउँसो ४१ वटा ढोका खोलिएको थियो ।
नदीले चतरामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरीका नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।
गएरातीसम्मको अपडेट अनुसार कोशी ब्यारेजमा पानीको बहाब अहिलेसम्मकै उच्च ३ लाख ८० हजार माथि रहेको थियो ।
पानीको बहाव बढेर गएपछि पूर्वपश्चिम आवतजावत गर्ने सवारीसाधनलाई पालोपालो जाने व्यवस्था गरिएको सशस्त्र प्रहरी बल भण्टाबारीका प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए। शुक्रबारदेखि कोशी ब्यारेजमा खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो ।
खोलिएका ब्योरजका ढोकाका कारण कोशीको पानीले भारतीय भूमि डुबानमा पर्ने खतरा बढेको भन्दै भारतीय पक्षले ब्यारेजको ढोका बन्द गर्न निर्देशन दिएको बुझिएको छ । कोशी ब्यारेजका ढोका बढी मात्रामा खोल्दा बिहार राज्यमा डुबान तथा बाढीको समस्या बढेको भन्दै भारतीय पक्षले कोशी ब्यारेज कन्ट्रोल रुमलाई ठाडो निर्देशन दिएको बुझिन आएको छ । यद्यपी सो विषयमा ब्यारेज स्थित कन्ट्रोल रुमले केही बताउन चाहेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]