२० बैशाख २०८२, आइतबार
04-05-2025 , Sun
×

जितिया पर्वमा सार्वजनिक विदाको माग

Logo
प्रकाशित बिहिबार, आश्विन ०७, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,७ असोज । जितिया पर्वमा नेपाल सरकारको विदा दिनु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । बुधवार राजविराज स्थित नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा आयोजना गरिएको जितिया पर्व समारोह कार्यक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन् ।

तीजका दिन सरकारले सार्वजनिक विदा दिएपनि मधेशभरिका महिलाहरुले मनाइने जितिया पर्वको दिन विदा नदिई सरकारले विभेद गरिरहेको कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता साहले बताईन् ।

पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्ष श्रवण देव, प्रदेश २ को गोरखापत्र ब्युरो प्रमुख धिरेन्द्र प्रसाद साह, महासंघ सप्तरीकोे पुर्व अध्यक्ष विष्णु मण्डल, सामाजिक अभियानि सुनिता साह, बोदेबर्साइन नगरपालिकाको उप प्रमुख रन्जु साह, महिला नेत्रृ पुनम यादव, थारु आदिवासी महिला समन्वय समितिकि संयोजक चन्द्रकला चौधरी लगायतका व्यक्तिहरुले जितियाको शुभकामना तथा हार्षोल्लासको सँग मनाउने कामना समेत गरे ।

कार्यक्रममा प्रदेश सरकारले विदा दिएपनि संघीय सरकारलाई विदा दिनुपर्ने वक्ताहरुले जोड दिएका छन् ।पत्रकार महासंघ शाखा सप्तरीको महिला उपाध्यक्ष अम्बिका दहालको अध्यक्षतामा अयोजना गरिएको कार्यक्रममा आदिवासी जनजाती पत्रकार महासंघका जिल्ला अध्यक्ष स्वागत मन्तव्य प्रिया संह थारुले व्यक्त गरिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]