१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

जितिया पर्वमा सार्वजनिक विदाको माग

Logo
प्रकाशित बिहिबार, आश्विन ०७, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,७ असोज । जितिया पर्वमा नेपाल सरकारको विदा दिनु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । बुधवार राजविराज स्थित नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा आयोजना गरिएको जितिया पर्व समारोह कार्यक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन् ।

तीजका दिन सरकारले सार्वजनिक विदा दिएपनि मधेशभरिका महिलाहरुले मनाइने जितिया पर्वको दिन विदा नदिई सरकारले विभेद गरिरहेको कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता साहले बताईन् ।

पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्ष श्रवण देव, प्रदेश २ को गोरखापत्र ब्युरो प्रमुख धिरेन्द्र प्रसाद साह, महासंघ सप्तरीकोे पुर्व अध्यक्ष विष्णु मण्डल, सामाजिक अभियानि सुनिता साह, बोदेबर्साइन नगरपालिकाको उप प्रमुख रन्जु साह, महिला नेत्रृ पुनम यादव, थारु आदिवासी महिला समन्वय समितिकि संयोजक चन्द्रकला चौधरी लगायतका व्यक्तिहरुले जितियाको शुभकामना तथा हार्षोल्लासको सँग मनाउने कामना समेत गरे ।

कार्यक्रममा प्रदेश सरकारले विदा दिएपनि संघीय सरकारलाई विदा दिनुपर्ने वक्ताहरुले जोड दिएका छन् ।पत्रकार महासंघ शाखा सप्तरीको महिला उपाध्यक्ष अम्बिका दहालको अध्यक्षतामा अयोजना गरिएको कार्यक्रममा आदिवासी जनजाती पत्रकार महासंघका जिल्ला अध्यक्ष स्वागत मन्तव्य प्रिया संह थारुले व्यक्त गरिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]