१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

गाँजासहित दुई जनालाई पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन ०७, २०७८

न्यूजमधेश डेस्क
पर्सा ,७ असोज । मकवानपुरबाट आज प्रहरीले अवैध लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङबाट प्रहरीको टोलीले ट्रकबाट १७५ किलो लागुऔषध गाँजा बरामद गरेको हो ।

गाँजासहित भिमफेदी गाउँपालिका– ९ बस्ने वर्ष ३१ का मोहन स्याङतान र सोही ट्रकमा सवार थाहा नगरपालिका–३ बस्ने वर्ष २४ को प्रशान्त कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

ना ३ ख ५९५० नम्बरको ट्रक जाँच गर्दा १७५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागुऔषध गाँजा, ट्रकसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]