२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

ब्राउनसुगरसहित तीन पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन ०८, २०७८

न्यूजमधेश डेस्क
झापा ,८ असोज । झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गए राति अर्जुनधाराबाट दुई र दिउँसो मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक होटलबाट पाँचथर फिदिमका २७ वर्षीय रोशन सुवेदी र २८ वर्षीय सुमन कार्कीलाई छ ग्राम ७०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै बिहीबार दिउँसो लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित तुर्केनीखेल मैदान छेउबाट भारत दार्जिलिङका २४ वर्षीय रतन सिंहलाई पाँच ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ। अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए । महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश […]

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]