११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

सिरहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, आश्विन १०, २०७८

न्यूजमधेश डेस्क
सिरहा ,१० असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका– ३ स्थित गागन खोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १३१ नं को ट्रकले विपरीत दिसातर्फ जाँदै गरेको स७ प ९१८५ नं को मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ३० वर्षीय अभिशेक कटुवाल र ३७ वर्षीय अच्युत लुइँटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते कटुवालको उपचारका क्रममा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र लुइँटेलको विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुन्धान भइरहेको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]