१४ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
×

सहिद परिवारले जसपाको बैठकस्थलमै उपेन्द्र यादव र लालबाबु राउतको विरोधमा नाराबाजी गरे

Logo
प्रकाशित बुधबार, आश्विन १३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ असोज। जनता समाजवादी पार्टी (जसपा) को बैठकस्थलमै सोमबार अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतसहितविरुद्ध विरोध एवं नाराबाजी भएको छ ।

मधेश आन्दोलनका शहीद परिवारले पटक–पटक आश्वासन मात्रै दिएको भन्दै बैठकस्थलमा व्यापक विरोध गरेको हो ।

मंगलबार बिहानदेखि धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित बाबाको ढावा होटलमा जसपाको प्रदेश २ का केन्द्रीय सदस्यहरुको बैठक चलिरहेको छ ।

शहीद परिवार तथा घाइते भएकाहरु बैठकस्थलमै आएर धर्ना तथा नाराबाजी गरेका हुन् ।

उनीहरुले वीर शहीद अमर रहुन्, शहीद परिवारको माग पूरा गर, भ्रष्ट मुख्यमन्त्री राजीनामा दे, उपेन्द्र यादव मुर्दावादसहितका नारा लगाएका छन् ।

प्रदेश सरकारले पटक–पटक आश्वासन मात्रै दिएर ठग्ने काम गरेकाले आफूहरु यहाँ आएर धर्ना दिएको उनीहरुले बताएका छन् ।

गत भदौ ११ गते पनि जसपाकै कार्यक्रममा धर्ना दिन आएको बखत जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु राउतसहितकाले एक साताभित्रै माग पूरा गरिदिने आश्वासन दिएपनि नगरेकाले पुनः आन्दोलनमा आउनुपरेको मधेशी शहीद परिवार तथा घाइते हकहित संघर्ष समितिका अध्यक्ष नरेश राय यादवले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]