१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने मियाँ पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन १३, २०७८

न्यूजमधेश डेस्क
वीरगञ्ज ,१३ असोज । प्रहरीले वीरगञ्जबाट मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवकलाई पुनः पक्राउ गरेको छ ।

रौतहट साविक नरकटिया गा.वि.स-२, परिवर्तित परोहा गाउँपालिका-७ घर भई हाल बसाइँसराइ गरी वीरगञ्ज-२ छपकैया बस्ने १९ वर्षीय (तत्काल-१७ वर्ष) का समशाद मियाँलाई पक्राउ गरेको हो ।

उनले वि.स.२०७६ भदौ २० गते बिहान ०६.२०बजे वीरगञ्ज-४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया मुस्कान खातुनलाई प्रहार गरेका थिए ।घटना लगतै पक्राउ परेका मियाँ विरूद्ध ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्नेसम्बन्धी कसूरमा अनुसन्धान तथा अभियोजन भई सम्मानित पर्सा जिल्ला अदालतको आदेशले तत्काल पूर्पक्षको लागि बालसुधार गृह पठाइएको थियो ।

कोभिड-१९ को पहिलो लहरको प्रकोपका २०७६ चैत ११ गते अदालतकै आदेशानुसार चैत १२ गते निजको संरक्षकको जिम्मा लगाइएको थियो । चैत २६ गते अदालतले बाँकी कैद ५ महिना १६ दिन पूनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय तोकेको थियो ।

तर फैसला कार्यान्वयन गर्ने सिलसिलामा उनी फरार भएका थिए।उनलाई बुधबार वीरगञ्ज-२, ईदगाह चोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]