१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

धनुषाको बिदेहमा जनमतको मोटरसाइकल जुलुस,शनिबार नगर अधिवेशन हुदै

Logo
प्रकाशित शुक्रबार, आश्विन १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ असोज।डा सीके राउत नेतृत्वको जनमत पार्टीले बिदेह नगरपालिकामा मोटरसाइकल जुलुस निकालेको छ।

शुक्रबार जनमत पार्टीका विदेह नगरपालिकाका संयोजक धिरज मण्डलको नेतृत्वमा मोटरसाइकल जुलुस निकाल्नु भएको हो।

सो मोटरसाइकल जुलुससहित बिदेह नगरपालिका वडा नम्बर ६ तिनकौरिया बजारस्थित रहेको पार्टी कार्यलयबाट सुरु भएको जुलुस नगरपालिकाका सम्पुर्ण वडाहरु परिक्रमा गरि पुर्ण पार्टी कार्यलय आएर जुलुस सम्पन्न भएको पार्टी धनुषा उपाध्यक्ष उपेन्द्र रोहिताले जानकारी दिएका हुन ।

उक्त जुलुसमा डा सीके राउत जिन्दावाद ,जनमत पार्टी जिन्दावाद ,जनमत दो – अधिकार लो ,लाउडस्पिक ( हर्न ) छाप जिन्दावाद,भ्रष्टाचार बन्द गर जस्ता नाराहरु मोटरसाइकल जुलुस लगाएको थिए।

उपाध्यक्ष रोहिताले भने,’ भोलि शनिबारबार जनमत पार्टीको बिहेद नगरपालिकाको नगर स्तरीय अधिवेशन पार्टी कार्यलय तिनकौरियामा हुन गैरहेको छ।उक्त अधिवेशनमा सहभागी भएर कभरेज अभियानलाई सफल पार्न सम्पुर्ण नगरबासीलाई आग्रह गरेका छन।,

उक्त जुलुसमा केन्द्रबाट नगर अधिवेशन गराउनको लागि पठाएको केन्द्रिय पुर्वेक्षक जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र शर्मा (मधेशी) ,जनमत पार्टीका बिदेह नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बिजय सहनी ,वडा नम्बर २ का सुरेश चौधरी ,वडा नम्बर ३ का सुधिर मुखिया ,वडा नम्बर ४ का वडाध्यक्ष गुलाम प्रमाणी ,वडा नम्बर ५ का वडाध्यक्ष रामकुमार मण्डल ,वडा नम्बर ६ का वडाध्यक्ष अमर पण्डित रहेको थिए।

त्यसैगरी वडा नम्बर ७ का वडाध्यक्ष श्याम पासवान ,वडा नम्बर ८ का वडाध्यक्ष सुरेश मण्डल ,वडा नम्बर ९ का वडाध्यक्ष उदगार ठाकुर ,युवा नेता महेश प्रसाद यादवसहितका नेता कार्यकर्ताहरुको मोटरसाइकल जुलुसमा सहभागिता रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]