२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

विदेह नगरपालिकामा जनमत पार्टीको नगर अधिवेशन सम्पन्न

Logo
प्रकाशित शनिबार, आश्विन १६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१६ असोज।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको विदेह नगरपालिकामा नगर अधिवेशन सम्पन्न गरिएको छ।

शनिबार जनमत पार्टी विदेह नगरपालिकाका तदर्थ समितिका संयोजक धिरज मण्डलको अध्यक्षतामा भएको नगर अधिवेशन जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र शर्मा मधेशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

उक्त अधिवेशनबाट अमर मण्डलको नेतृत्वमा २९ सदस्य नगर कार्यसमिति गठन गरिएको छ।

सो कार्यसमितिको उपाध्यक्षमा अरुण महतो,सचीवमा चन्देश्वर पासवान ,सहसचिव शिवशंकर बिराजी ,कोषाध्यक्षमा चन्द्रकिशोर साह रहेको हो।

त्यसैगरी सदस्यमा कबिता कुमारी कापडी ,गिता कुमारी मण्डल ,पतलिया देवि सादा,महेन्द्र गिरी,सुरेन्द्र मण्डलसहित २९ सदस्यीय नगर स्तरीय कार्यसमिति गठन गरिएको छ।

अधिवेशनबाट चयन भएका कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जनमत पार्टीका केन्द्रिय सदस्य शर्माले प्रमाणपत्र समेत प्रदान गरेको छ।

अधिवेशनमा जनमत पार्टी धनुषा उपाध्यक्ष उपेन्द्र रोहिता यादव,जनमत पार्टीका युवा नेता महेश प्रसाद यादव,राजदेव खर्गा,स्वराजी दिपनारायण यादव,युवा जनमत संघ धनुषा उपाध्यक्ष नथुनी यादवसहितका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा नगर अधिवेशन सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]