१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

विदेह नगरपालिकामा जनमत पार्टीको नगर अधिवेशन सम्पन्न

Logo
प्रकाशित शनिबार, आश्विन १६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१६ असोज।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको विदेह नगरपालिकामा नगर अधिवेशन सम्पन्न गरिएको छ।

शनिबार जनमत पार्टी विदेह नगरपालिकाका तदर्थ समितिका संयोजक धिरज मण्डलको अध्यक्षतामा भएको नगर अधिवेशन जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र शर्मा मधेशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

उक्त अधिवेशनबाट अमर मण्डलको नेतृत्वमा २९ सदस्य नगर कार्यसमिति गठन गरिएको छ।

सो कार्यसमितिको उपाध्यक्षमा अरुण महतो,सचीवमा चन्देश्वर पासवान ,सहसचिव शिवशंकर बिराजी ,कोषाध्यक्षमा चन्द्रकिशोर साह रहेको हो।

त्यसैगरी सदस्यमा कबिता कुमारी कापडी ,गिता कुमारी मण्डल ,पतलिया देवि सादा,महेन्द्र गिरी,सुरेन्द्र मण्डलसहित २९ सदस्यीय नगर स्तरीय कार्यसमिति गठन गरिएको छ।

अधिवेशनबाट चयन भएका कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जनमत पार्टीका केन्द्रिय सदस्य शर्माले प्रमाणपत्र समेत प्रदान गरेको छ।

अधिवेशनमा जनमत पार्टी धनुषा उपाध्यक्ष उपेन्द्र रोहिता यादव,जनमत पार्टीका युवा नेता महेश प्रसाद यादव,राजदेव खर्गा,स्वराजी दिपनारायण यादव,युवा जनमत संघ धनुषा उपाध्यक्ष नथुनी यादवसहितका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा नगर अधिवेशन सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]