२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

तस्करी नियन्त्रणमा रुपन्देही प्रहरीको सक्रियता

Logo
प्रकाशित शनिबार, आश्विन १६, २०७८

न्यूजमधेश डेस्क
रुपन्देही ,१६ असोज । चाडपर्वको आगमनसँगै रुपन्देहीमा तस्करी बढेको छ । तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न प्रकारका सुरक्षा रणनीति अपनाएको देखिन्छ ।

तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने पहिलो रणनीति रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सीमा क्षेत्रबाट बजारसम्म आइपुगेको तस्करीलाई पनि बजार क्षेत्रमा खटिने सादा पोशाकका सुरक्षाकर्मीले नियन्त्रण गर्ने गरेको प्रहरीको दाबी छ । त्यसपछि प्रहरीले तस्करी सामान भण्डारण गरेर राखेका गोदाममा समेत छापा हान्ने काम गरेको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ ।

तस्करी नियन्त्रणका लागि प्रहरीले निरन्तररूपमा तस्करी गर्ने पुराना तस्करको निगरानी गर्ने र तस्करी गरेको सूचना आउनासाथ नियन्त्रण गर्ने काम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो । प्रमुख प्रहरी उपरीक्षक केसीले भन्नुभयो, “चाडपर्वको समयमा हुने पेशेवर तस्करलाई निरुत्साहित गर्नका लागि नियन्त्रण भएको तस्करीका सामान, तस्करीमा प्रयोग भएका ढुवानीको साधन र संलग्न मानिसलाई समेत सख्त कारबाही गर्ने गरिएको छ ।

जिल्लाका सीमा क्षेत्रमा अहिले दैनिक सरदर रु १० लाख मूल्य बराबरको तस्करी सामान नियन्त्रण हुने गरेको बताउँदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय सुरक्षाकर्मीसँगको सहकार्यमा तस्करी नियन्त्रणलाई न्यूनीकरण गरिएको जनाएको छ ।

सीमा क्षेत्रका प्रहरी चौकीलाई विशेष गरेर रातको समयमा उच्च सतर्कतामा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब निरीक्षक सत्यनारायण थापाले बताउनुभयो । थापा भन्नुहुन्छ, “हामी तस्करी हुने मुहानदेखि गोदामसम्म निगरानी बढाएका छौँ । जसका कारण तस्करहरू अहिले आत्तिएको अवस्था हो । रुपन्देहीमा विशेष गरेर भारतीय बजारबाट भन्सार छली कपडा, सुर्ती, जुत्ता चप्पल, छालाका सामान, खाद्यान्न, किराना तथा हार्डवेयरका सामान, मोटरपार्टस्, मेसिनेरी सामान अवैधरूपमा आउने गरेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

रुपन्देहीका सीमा क्षेत्रबाट अवैधरूपमा हुने तस्करी सामान नेपालका अन्य जिल्लासम्म पुग्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]