१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

‘जनकपुरलाई नरकपुर बनाइदियो’

Logo
प्रकाशित आइतबार, आश्विन १७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१७ असोज। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफू बाटोकै कारण घरभित्र थन्किन बाध्य भएका बताएका छन् । ठेकेदारले बाटो खनेर छोडिदिँदा जनकपुरधामस्थित घरमै थन्किनुपरेको उनले बताएका छन् ।

जनकपुरधाम उप महानगरपालिका ८ स्थित बलुवा टोलमा राउतको घर छ । जनकपुरधामको केन्द्र रमानन्द चोकभन्दा करीब पाँच मिनेटकै दूरीमा आफ्नो घर रहेपनि बाटोका कारण कतै निस्किन नपाइएको उनले बताएका छन् ।

असारको पहिलो साता ठेकेदारले कामदारलाई वर्षामा रूझेरै भए पनि बाटो खन्न लगाएपनि त्यसपछि त्यसै छाडिएको उनले बताएका छन् । ‘बाटो खनेरै मरम्मतै नगरी तिनीहरू गए’ राउतले फेसबुकमा लेखेका छन्, ‘आफ्नो घरको छेउमै विद्यालय छ । विद्यालय जाने बाटो बन्द भएको छ ।’

बाटो बन्द मात्रै हैन, त्यहाँ पानी लागेर डुंगा चढेरै जानुपर्ने अवस्था रहेको भन्दै साउनदेखि विद्यालय खुलेपनि उत्तरतिरका बच्चाहरू अहिलेसम्म विद्यालय जान नपाएको उनले उल्लेख गरेका छन् ।

राउतले आफ्नो घरदेखि अर्कोपट्टीबाट निस्किने गल्लीबाट जसोतसो १–२ किलोमीटर घुमेर बजार निस्किन सकिने भएपनि त्यो बाटो पनि ८–१० दिन अगाडि खनेर ठेकेदार बेपत्ता भएको उनले बताएका छन् । ‘दुइटै तिरबाट बाटो बन्द भए पछि आफू पनि न त कार्यालय जान पाएको छु न त बजार नै । न त कुनै कार्यक्रममा नै जान सकेको छु ।’

उपमेयर र वडा अध्यक्ष शनिबार मात्रै यही टोल नजिकै आफ्नो पार्टी अध्यक्षलाई बोलाएर भाषण ठोकेको भएपनि यसतर्फ ध्यान नदिएको उनको भनाई छ ।
नरकपुर बनाइदियो
अध्यक्ष राउतले जनकपुरलाई यहाँका नेताहरुले नरकपुर बनाइदिएको समेत बताएका छन् ।

‘जनकपुरसँग के थिएन ?’ उनले भनेका छन्, ‘गौरवशाली ऐतिहासिक धार्मिक विरासत, बौद्धिकहरूको जमघट, पत्रकारहरूको घूँइचो, राजनीतिको प्रादेशिक केन्द्र, फालाफाल बजेट, अन्तराष्ट्रिय रूपमै ध्यानाकर्षण, देशविदेशको चासो, राष्ट्रिय अन्तरराष्ट्रिय अतिथीहरू थियो । यति अवसर हुँदा आज एउटा योग्य मान्छेको हातमा भएको भए जनकपुर कहाँबाट कहाँ फड्को मारिसकेको हुनेथ्यो । तर भिजनलेस भ्रष्टाचारीहरूको हातमा सीताको त्यो पावन जनकपुर आज नरकपुर बन्न पुगेको छ ।’

वडा÷उपमहानगरपालिका कार्यालयमा बाटो मरम्मत गरेर कम–से–कम हिँडडुल गर्ने बनाइदिन निवेदन दिएको महिना बितिसक्दा पनि कसैलाई केहि मतलव नदेखिएको गुनासो उनको छ ।

‘उपमहानगरपालिकाले खानेपानी संस्थानलाई गएर भन्नुस् भन्छ, खानेपानी संस्थानका डि.ई. ले ठेकेदारलाई गएर भन्नुस् भन्छ, ठेकेदारले मेयर–उपमेयरलाई गएर भन्नुस् भन्छ, यस्तैमा टोलवासीहरूले एक महिना बिताएछन्’ डा. राउतले भनेका छन्, ‘पत्र–पत्रिकाले लेख्ने वा टिवी च्यानेलहरूले जनताको पीडा देखाउने कुरै भएन । त्यही भएर टोलवासीहरूले मलाई नै एउटा पोस्ट गर्न भने ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]