३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

सप्तरीकाे तिरहुतमा जनमतको अधिवेशन सम्पन्न

Logo
प्रकाशित आइतबार, आश्विन १७, २०७८

राजविराज, १७ असोज । सप्तरीको तिरहुत गाउँपालिकामा जनमत पार्टीको गाउँपालिका अधिवेशन शनिवार समपन्न भएको छ । सोही पालिकाको संयोजक सरोज यादवको अध्यक्षता तथा महिला जनमत संघकी संयोजक तथा पर्यवेक्षक शुशिला यादवको प्रमुख आतिथ्यमा आयाेजना गरिएकाे अधिवेशन कार्यक्रममा २१ सदस्यीय समिति गठन गरिएको हो ।
तिरहुत गाउँपालिकाको प्रांगणमा आयोजना गरिएको अधिवेशनमा अध्यक्षमा सरोज कुमार यादव, उपाध्यक्षमा बुलबुलदेवी यादव, मनोज कुमार राम, सुवोद कुमार यादव, सचिवमा हेमनन्दन गाइत, सह सचिवमा संतोष मरिक र कोषाध्यक्षमा दुर्गेश मण्डललाई चयन गरिएको छ ।
यसैगरि सदस्यमा सरोज, मनोज, डम्बर, ओम ना., भुपेन्द्र, ललिता देवी, रेखा देवी, शान्ति देवी, चनसुरी देवी, राध, संजु देवी, विनोद, दिनेश र दुखिलाल रहेका छन् ।
कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता र विभिन्न वडाबाट स्थानीयवासीहरुको निकै उपस्थिती रहेको जनमत पार्टी सप्तरीका सचिव थानेश्वर प्रसाद साहले जानकारी दिए ।
मौसम बिग्रीएका कारण शनिवार विधिवत रुपमा सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गर्न नसेकाले आज (आइतवार) सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गरिएको पर्यवेक्षक शुशिला यादवले बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]