२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या

Logo
प्रकाशित सोमबार, आश्विन १८, २०७८

न्यूजमधेश डेस्क
बुटबल ,१८ असोज । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । गएराती रुपन्देहीको शुद्धोधन–३ बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता– ३ का अवदेश चमारको हत्या भएको हो ।

सोही उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी चमारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मादक पदार्थ सेवन गरेका मजदुरहरु बिच विवाद भएको र खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

रविले अवदेशलाई खुकुरी प्रहार गरेपछि उनका बाबु गोपिचन्दलाई समेत प्रहार गरेका थिए । खुकुरी प्रहारपछि अस्पताल लैजाने क्रममा अवदेशको बाटोमै मृत्यु भएको र उनका बाबु र खुकुरी प्रहार गर्ने रविको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]