०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

जनमत पार्टीद्वारा उपमहानगरपालिका र खानेपानी कार्यालयमा तालाबन्दी

Logo
प्रकाशित सोमबार, आश्विन १८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१८ असोज । डा सीके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले जनकपुरधाम उप-महानगरपालिका र खानेपानी कार्यालयमा तालाबन्दी पनि गरेका छन् ।

बाटो बनाउने नाममा खाल्डो खनेर छोडिदिएका कारण नगरको बिभिन्न ठाउँमा पैदल हिंडन समस्या भएपनि उपमहानगरपालिकाले ध्यान नदिएको उनीहरुको भनाई छ ।

उनीहरु भ्रष्ट्राचारी मेयर राजीनामा दे ,जनकपुरलाई नरकपुर बनाउन बन्द गर ,जनमत पार्टी जिन्दावाद ,मेयर चोर खुर्सी छोर जस्ता नाराहरु प्रदर्शनमा लगाएको थिए ।

जनमत कार्यकर्ताहरुले उपमहानगरपालिकाका मेयर लालकिशोर साह र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् ।

यस्तै, जथाावी रोड खनेर त्यसै राखिदिएको भन्दै रमानन्द चोकस्थित नेपाल खानेपानी संस्थानको कार्यालयमा पनि उनीहरुले ताला लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]