२९ कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
×

चीनले भूमी मिचेकाे भन्दै जनकपुरमा प्रदर्शन

Logo
प्रकाशित मंगलबार, आश्विन १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ असोज। चीनले नेपाली भूमी अतिक्रमण गरेको भन्दै सोमबार जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का युवाहरुले चीनबिरूद्व प्रदर्शन गरेका हुन । रेल्वे स्टेसनबाट निकालिएको बिरोध प्रदर्शन भानु चोक, शिव चोक हुँदै जनक चोकमा आएर कोण सभामा परिणत भएको थियोे ।

कोण सभालाई सम्बोधन गर्दै लोसपाका युवा नेता प्रशान्त झाले चीन कहिले सगरमाथाकाे टुप्पो आफ्नो भन्छ त कहिले भुमी अतिक्रमण गर्ने गरेको बताए ।

उनले हुम्ला १२ नम्बरकाे पिल्लर नजिक अतिक्रमण गरेको नेपाली भुमी फिर्ता गर्नुपर्ने बताए । छानबिन समितिले प्रतिवेदन दिएपनि सरकार चुप लागेर बसेको उनले बताए ।

अतिक्रमण गरिएको भूमी फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]