१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

डा सीके राउत नेतृत्वको जनमत पार्टीले अख्तियारको कार्यालय घेराउ गर्दै

Logo
प्रकाशित बुधबार, आश्विन २०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० असोज। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास घेराउ गर्ने भएको छ ।

प्रदेशमा भ्रष्टाचार बढेको भन्दै आज मध्यान्ह १२ बजे अख्तियारको बर्दिबास कार्यालय घेराउ गर्ने र ज्ञापन-पत्र बुझाउने जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.वसन्त कुशवाहाले जनकारी दिएका छ्न ।

सो कार्यक्रममा सहभागी हुन नेता पार्टीका उपमहासचिव ई.इन्द्रजित यादव,सचिव संजय यादवसहित नेता तथा कार्यकर्ताको उपस्थिति रहने उनले बताए ।

मुद्दा दायर गर्न फाइल तयार अवस्थामा राखेको तर ‘माथिको राजनैतिक दबाब छ’ भन्दै मुद्दा दर्ता गर्न पछि हटेको अख्तियार जनताप्रति उत्तरदायी बन्नै पर्छ- अध्यक्ष डा. राउतको भनाई छ ।

बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छात्राहरुका लागि खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको आरोप लागेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दै जनमत पार्टीले जनकपुरमा दुई दिन अगाडी प्रदर्शन गरेका थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]