२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमत पार्टीद्वारा अख्तियरको कार्यलय घेराउ

Logo
प्रकाशित बुधबार, आश्विन २०, २०७८

न्यूजमधेश डेस्क

जनकपुरधाम ,२० असोज। डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालय घेराउ गरेका छन ।

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै अख्तियरको कार्यलय घेराउ गरिएको हो।

गएको साता प्रदेश नम्बर–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको टोलीले छापा मारेको थियो ।

त्यसको समर्थन गर्दै जनमतका नेता–कार्यकर्ताले प्रदर्शन गरेका हुन्
उनीहरूले प्लेकार्ड र ब्यानरसहित बर्दिबास पुगेर अख्तियारलाई सत्यतथ्य छानबिन गर्न ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘भ्रष्ट सरकार राजीनामा दे’, ‘सत्यतथ्य छानबिन गर’ , ‘जनमत पार्टी जिन्दावाद’ , ‘साइकल चोर मुख्यमन्त्री राजीनामा दे’भन्दै नाराबाजी गरेका थिए ।

प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त रहेको पार्टीका उपमहासचिव ई.इन्द्रजित यादवले आरोप लगाएका थिए ।

उनले भने,’यदि अख्तियरले कार्वाही गरेनन् भने जनताले अख्तियर विरुद्ध आन्दोलन गर्न बाध्य हुनेछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]