२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

डा राउत द्वारा कमला नदीको बाढिले डुवानमा परेका क्षेत्र अनुगमन

Logo
प्रकाशित सोमबार, आषाढ ३०, २०७६

जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बाढि पिडीत धनुषाको कमला नदिको बान्ध लगाइत दर्जनौं गाउँहरु अनुगमन गरेको छ।

राउतले आइतबार धनुषाको कमला नदिको पुलको अवस्था बारे बुझदै ।धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोरतहा कमला नदि बान्ध अन्तरगतको सबैला नगरपालिका ,ढोलबाजा,पठेर्वा,सहिद नगरपालिका,कमला नगरपालिकाको हठमुण्डा लगायतको बाढि ग्रस्त क्षेत्रको अवलोकन गरेका हुन । डा राउतले उक्त क्षेत्रको बाढिग्रस्त सर्वसाधारणहरुसंग भेट गरि समस्याको बारेमा जानकारि लिएका थिए ।

त्यसैगरि भारी वर्षाका कारण सबैला नगरपालिका ,सहिद नगरपालिका ,कमला नगरपालिकालगाइतका क्षेत्रमा रोपाई भएको खेत डुवानमा परेपछि किसानलाई भारी क्षति भएको अवलोकन पछि न्युज मधेशलाई जानकारी दिदै डा राउतले भने । उनले भारी वर्षाबाट भएको किसानको क्षति तथा सर्वसाधारणहरुको घर घरमा पानी पसेर भएको लाखौ क्षतिको क्षतिपुर्तीका लागि सरकारसंग माग गर्ने वताए ।

मौसम विभागले अझै पानी पर्ने भनेर चेतावनी दिएकोले सर्तक रहन सर्वसाधारणलाई आग्रह गर्दै किसानहरुलाई भएको क्षतिको विवरण सरकारसंग पुरयाएर किसानहरुलाई सहयोग को लागि पहल गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

अवलोकनको क्रममा डा राउतले निमार्णाधिन अवस्थामा रहेको कमला पुल अवस्थाको बारेमा समेत अवलोकन गरेका थिए ।डा राउतले भने धनुषाको जनकनन्दनी गाउपालिका अन्तगत इनर्वा,मलहनिया,फुलबरिया,खजुरी कठाल लगाइत डुवानमा परेका क्षेत्रहरुको स्थलगत अबलोकन गर्न गरैरहेको थिए तर बान्धको अवास्था खराब भएको कारणले गाडी कमला नगपालिका अन्तरगत हठमुण्डामा फसेको हुनाले इनर्वा सम्म यातायात सम्म जान बाटो नरेको पुगन सकेन दुस्खसो पोखे।


हिजो आइतबार करिब ५ बजे फसेका गाडी करिब ६ बजे निस्कन सकेका थिएन।करिब २घण्टा पछि गाडी निकलेका थिए ।साझको ७ बजन लागेको थिए ।राती पनि हुनलागेको बान्धमा गाडी जान कठिनाइ भएकोले हठमुण्डा बाट जनकपुरकालागि फर्केका थिए।

अवलोकन गरेर फर्किने क्रममा ढोलबाजा बान्धको नजिकमा गाडी खारब भएको थियो तर त्यहाको स्थानीय युवा मिथलेश यादव लागत दर्जनौं युवाहरुले गाडी मर्मत गराउनमा सहयोग गर्ने सम्पुर्ण युवालाई धन्यवाद समेत दिएका थिए।

अबलोकन कार्यक्रममा जनमत पार्टीका नेता सुमन बाबा,उपेन्द्र रोहिता,विद्यार्थी संघका युवा नेता सरोज यादव,अजय राउत,सिबेन्द्र रोहिता लगाइत दर्जनौं नेताहरुको उपस्थिति रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]