१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

मधेशमा दशहारा सुरु,आज पहिलो दिन घटस्थापना हुदैं

Logo
प्रकाशित बिहिबार, आश्विन २१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२१ असोज । धनुषासहित तराई मधेशमा दशहारा (बडादसैँ) पर्वको नवरात्र सुरु भएसँगै चहलपहल ह्वात्तै बढेको छ । नवरात्र प्रारम्भसँगै जताततै दशहारा पर्वको रमझम बढेको हो ।

नवरात्रको पहिलो दिन आज मिथिला क्षेत्रका प्रसिद्ध देवी शक्तिपीठ र मन्दिरमा दशहारा पर्वको घटस्थापना गर्न एकाबिहानैदेखि पवित्र जलाशयबाट जल ल्याउन कलशयात्रा आयोजना गरिएका छन् । कन्या कुमारी ९अविवाहित किशोरी० ले आज धार्मिक महत्वका नदी र तलाउबाट नयाँ घडामा भरेर ल्याएका पूर्ण कलशको जलले देवी प्रतिमा र मन्दिर परिसर सिञ्चित गर्दै सोही जलको कलश स्थापना गरेर घटस्थापना विधि सम्पन्न गरिने मिथिला परम्परा छ ।

यस क्रममा महोत्तरीका प्रसिद्घ देवी शक्तिपीठ बर्दिवास नगरपालिका–४ स्थित पञ्चधुरा माईस्थान मन्दिर, औरही नगरपालिकाको सोनामाईस्थित सोनामाई माई मन्दिर, जलेश्वर नगरपालिका–१ स्थित सन्सारी माई र राजदेवी मन्दिरमा एक हजार आठ कन्याले रातु नदी तथा लक्ष्मीसागर, पुरन्दर, वरुण, ध्रुवकुण्ड एवं भार्गवसरलगायत धार्मिक महत्वका तलाउबाट नयाँ शुुद्ध घडामा भरेका पवित्र जल कलश यात्रासहित मन्दिर परिसरमा पु¥याउँदैछन् ।

घटस्थापना असोज शुक्ल प्रतिपदामा हुने र यसपालि बुधबार साँझ नै यो तिथि प्रारम्भ भएको हुँदा अन्य नक्षत्रादिको भोग अवस्थाले आज बिहान ८ः१५ बजेभित्र नै यो कार्य सम्पन्न गर्न उत्तम हुने कर्मकाण्डका ज्ञाता बर्दिवास–२ का बासिन्दा पण्डित महेशकुमार झा बताउनुहुन्छ । मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गको आधारमा शुभ मुहुर्त पहिल्याउने परम्परा छ ।

यसबाहेक पर्वविशेषमा यस क्षेत्रका विभिन्न ठाउँमा बनाइएका देवी प्रतिमास्थलमा पनि आज कलशयात्रासँगै घटस्थापना सम्पन्न गरिदै छ । आजै मन्दिरमा जौ, तिल, गहुँ, धान, मकैसहितको जमरासमेत राखिने प। झा बताउनुहुन्छ । पर्वका अवसरमा मिथिलाका गाउँ÷नगर बस्तीका कैयौँ ठाउँमा देवी प्रतिमा बनाइएका छन् ।

खासमा प्रदेश नं २ का मिथिलाक्षेत्रमा सप्तरीका सकरा भगवती, कङ्कालिनी माई, छिन्नमस्ता, जनकपुरस्थित राजदेवी मन्दिर ९परापूर्वमा राजा जनकले पूजापाठ गर्ने कूलदेवी मानिएको० र बाराको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रुपमा पूजित छन् । नवरात्र प्रारम्भसँगै जताततै देवी दुर्गाका भजन गुञ्जिन थालेका छन् । हिन्दू परम्पराका सबै मैथिल घर परिवारमा देवीको पूजाअर्चना गरिने र चण्डीपाठ गरिने परम्परा छ । दसँै प्रारम्भसँगै महोत्तरीका गाउँ÷नगर बस्तीमा धमाधम पिङ गाड्ने तयारीमा युवा पुस्ता लागेका छन् ।

दशहारा पर्वमा ‘दुर्गा मेला’ आयोजना गरिने मैथिल परम्परा भए पनि गत वर्षजस्तै यसपालि पनि कोभिड–१९ महाब्याधिको सङ्क्रमण पूर्ण नियन्त्रण नभएको हुँदा महोत्तरीसहितका प्रदेश नं २ का आठवटै जिल्ला प्रशासन कार्यालयले भीडभाड नगर्न, हुलमूलमा नजान र आफ्नै घर परिवेशमा पर्व मनाउन जनसमुदायसँग आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]