२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

अझै सञ्चालनमा आएन् सीमा नाकाहरु

Logo
प्रकाशित शुक्रबार, आश्विन २२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२२ असोज। विगत डेढ वर्षदेखि बन्द रहेको सीमा नाका नेपाल सरकारले गत साता खोल्ने निर्णय गर्यो ।

तर प्रदेश २ का जिल्लाहरुको मुख्य नाकाहरु समेत अहिलेसम्म पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । पर्सा र रौतहटमा केहि नाकाबाट भारतीय गाडीहरु आउने गरेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी बताउँछन् ।

तर सिरहा, सप्तरी, महोत्तरी, धनुषा लगायतका जिल्लाको नाकाबाट भारतीय गाडी समेत आवत–जावत गरेको देखिदैन । महोत्तरीको भिट्ठामोडमा त भारतीय एसएसबीले नेपालीलाई साइकल चढेर पनि भारतीय बजार जान दिएको छैन । माथिबाटै सवारी साधन आवत–जावत गर्न नदिने निर्देशन आएको भिट्ठामोड नाकामा खटेका एक एसएसबीले बताए ।

उनले भने, ‘नेपाल सरकारले बोर्डर खोलेको कुरा थाहा छैन । हामीलाई निर्देशन आएपछि नेपाली सवारीलाई प्रवेश गर्न दिन्छौं ।’ धनुषा प्रशासनले भारतीय नागरिकले स्वास्थ्य मापदण्ड अपनाएर आउन सक्ने बताएको छ ।

तर मापदण्ड पालना गरेर आउनेको संख्या न्यून छ । धनुषाको मुख्य नाका हो जटही । तर अहिले सुनसान छ । न नेपाली सवारीहरु भारत जाने गरेको देखिन्छ, न भारतीय सवारीहरु नेपाल आउँदै गरेको । सिमाको अवस्था हेर्दा नेपाल र भारतबीच समन्वयको अभाव देखिन्छ । सिरहाको नाकाहरु पनि पूर्णरुपमा सञ्चालनमा आएको छैन ।

त्यहाँका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल भन्छन्, ‘भारतीय एसएसबीलाई मन लागेको बेला सवारी आवत–जावत गर्न दिन्छ । मन नभएको बेला रोक्छन् । यस विषयमा समन्वय गरिरहेको छु ।’ नाकाबाट यात्रुबाहक सवारीहरु आवत–जावत नहुँदा सर्वसधारण समस्यामा परेका छन् ।जनकपुर टुडेबाट लिएको हो ।

दशैंका बेला एउटा नाकाबाट मात्रै दैनिक हजारौं नेपाली मजदुर फर्किन्छन् । तर गाडी नचल्दा पैदल यात्रा गर्न बाध्य छन् उनीहरु । सवारी नचल्दा व्यवसायी समेत मर्कामा परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]