२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

मन्त्रीको लोभमा महन्थ-राजेन्द्रको साथ छाडेका प्रमोद साहलाई उपेन्द्रले घर न घाटको बनाए

Logo
प्रकाशित शुक्रबार, आश्विन २२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२२ असोज । जसपाका सांसद प्रमोद साह मन्त्री बन्नबाट वञ्चित भएका छन् । ८८ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डललाई पूर्णता दिएका छन् ।

मन्त्रिपरिषदको २५ जनाको कोटा पूरा नहुने बेलासम्म जसपाबाट मन्त्री बन्नेहरुमा सांसद साहको नाम चर्चामा थियो । कतिसम्म भने आज विहानसम्म साह मन्त्री बन्ने निश्चित प्राय भइसकेको थियो ।

समाचारमा समेत उनको नाम आइसकेको थियो । मन्त्री बन्नेमा उनी ढुक्क थिए । अग्रिम बधाई थापिरहेका थिए । सपथ ग्रहण गर्न मधेसी परिहन आइरन लगाएर ठिक्क पारेका थिए । तर अन्तिममा उनी फालिए । मन्त्री छनोट गर्ने जिम्मा पाएका उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईले साहको नाम छनोट गरेका थिए । नाम छनोट गरेर बाबुराम उपत्यका बाहिर गइसकेका छन् ।

तर अन्तिममा अध्यक्ष उपेन्द्र यादवले एकलौटी रुपमा साहको नाम काटेर आफ्नै थरमा महिन्द्रराय यादवलाई च्यापे । तत्कालीन एकीकृत जसपाको अन्तरकलहमा साह उपेन्द्रतिर लागेका थिए । गत चुनावमा राजपाबाट संघीय सांसद निर्वाचित साह राजेन्द्र महतो निकट मानिन्थे ।

केपी ओलीको पालामा जसपा महन्थ ठाकुरबाट ११ जना मन्त्री बन्दा आफूलाई नसमेटिएपछि उनी असन्तुष्ट बनेका थिए । पार्टीभित्रको बढ्दो अन्तरकलह र नयाँ सरकारमा मन्त्री बनाउने उपेन्द्रको आश्वासनबीच उनले उपेन्द्र-बाबुराम समूह रोजेका थिए ।

पछि पार्टी फुटेपछि उनी महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा नगएर उपेन्द्रसँगै जसपामा बसेका थिए । जुन मन्त्रीका लागि उनले आफ्नो पुरानो घर त्यागे, पुराना अभिभावक त्यागे, आज त्यहीँ मन्त्रीको लोभले उनलाई घर न घाटको बनाएको छ ।

उपेन्द्रले पनि लात हानेका छन् । उनको ठाउँमा यादवलाई च्यापेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]