२६ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
×

मस्जिदमा आत्मघाती आक्रमण, कम्तीमा ५० जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, आश्विन २३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२३ असोज । अफगानिस्तानको कुन्दुज शहरमा रहेको मस्जिदमा आत्मघाती बम आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको छ । अमेरिकी सैनिकले अफगानिस्तान छोडेयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।

सइद अबाद मस्जिदमा बम आक्रमणमा मारिएकाहरुको शव छरिएको अवस्थामा देखिएको स्थानीय अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । अल्पसंख्यक शिया मुसलमान समुदायको सो मस्जिदमा आक्रमण भएको हो ।

उत्तरी शहर कुन्दुजमा भएको सो आक्रमणमा एक सय भन्दा बढी मानिस घाइते भएका छन् । इस्लामिक स्टेटले आक्रमणमा आफ्नो संलग्नता रहेको बताएको छ । सुन्नी मुसलमान अतिवादी समूहले शिया समुदायमाथि आक्रमण गर्ने गरेको छ ।

इस्लामिक स्टेट (आइएस) को अफगानिस्तानको समूह आइएस–के ले तालिबान सत्ताको विरोध गर्दै आएको छ । उसले लगातार जस्तो हिंसात्मक आक्रमण गर्ने गरेको हो । उसले विशेष गरी अफगानिस्तानको पूर्वी क्षेत्रमा बम आक्रमण गर्दै आएको छ ।

शुक्रबारको प्रार्थनाका लागि श्रद्धालु मस्जिदभित्र जम्मा भएका बेला आत्मघाती आक्रमणकारीले आफैलाई बिस्फोट गराएको जनाइएको छ ।

आक्रमण भएका बेला ३०० भन्दा बढी मानिस मस्जिदमा रहेको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो न्यूजले जनाएको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।

यो हप्ता अफगानिस्तानमा भएको तीन ठूला आक्रमण मध्ये शुक्रबारको आक्रमण भयानक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसअघि आइतबार काबुलमा मस्जिद नजिकै भएको आक्रमणमा सातजनाको ज्यान गएको थियो । यस्तै बुधबार खोस्ट शहरमा रहेको मदर्सामा भएको आक्रमणमा भएको थियो ।

अमेरिकी सैनिक फिर्ता भएसँगै अफगानिस्तानमा अहिले तालिबानको शासन छ । तालिबानले अगस्ट १५ मा काबुल नियन्त्रणमा लिएको थियो । अमेरिकी सैनिक अगस्टको अन्तिममा स्वदेश फर्किएका थिए ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]