२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

मस्जिदमा आत्मघाती आक्रमण, कम्तीमा ५० जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, आश्विन २३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२३ असोज । अफगानिस्तानको कुन्दुज शहरमा रहेको मस्जिदमा आत्मघाती बम आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको छ । अमेरिकी सैनिकले अफगानिस्तान छोडेयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।

सइद अबाद मस्जिदमा बम आक्रमणमा मारिएकाहरुको शव छरिएको अवस्थामा देखिएको स्थानीय अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । अल्पसंख्यक शिया मुसलमान समुदायको सो मस्जिदमा आक्रमण भएको हो ।

उत्तरी शहर कुन्दुजमा भएको सो आक्रमणमा एक सय भन्दा बढी मानिस घाइते भएका छन् । इस्लामिक स्टेटले आक्रमणमा आफ्नो संलग्नता रहेको बताएको छ । सुन्नी मुसलमान अतिवादी समूहले शिया समुदायमाथि आक्रमण गर्ने गरेको छ ।

इस्लामिक स्टेट (आइएस) को अफगानिस्तानको समूह आइएस–के ले तालिबान सत्ताको विरोध गर्दै आएको छ । उसले लगातार जस्तो हिंसात्मक आक्रमण गर्ने गरेको हो । उसले विशेष गरी अफगानिस्तानको पूर्वी क्षेत्रमा बम आक्रमण गर्दै आएको छ ।

शुक्रबारको प्रार्थनाका लागि श्रद्धालु मस्जिदभित्र जम्मा भएका बेला आत्मघाती आक्रमणकारीले आफैलाई बिस्फोट गराएको जनाइएको छ ।

आक्रमण भएका बेला ३०० भन्दा बढी मानिस मस्जिदमा रहेको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो न्यूजले जनाएको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।

यो हप्ता अफगानिस्तानमा भएको तीन ठूला आक्रमण मध्ये शुक्रबारको आक्रमण भयानक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसअघि आइतबार काबुलमा मस्जिद नजिकै भएको आक्रमणमा सातजनाको ज्यान गएको थियो । यस्तै बुधबार खोस्ट शहरमा रहेको मदर्सामा भएको आक्रमणमा भएको थियो ।

अमेरिकी सैनिक फिर्ता भएसँगै अफगानिस्तानमा अहिले तालिबानको शासन छ । तालिबानले अगस्ट १५ मा काबुल नियन्त्रणमा लिएको थियो । अमेरिकी सैनिक अगस्टको अन्तिममा स्वदेश फर्किएका थिए ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]