०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

भारतबाट ५ बालबालिकाको उद्धार

Logo
प्रकाशित आइतबार, आश्विन २४, २०७८

न्यूजमधेश डेस्क
झापा ,२४ असोज । भारतको विभिन्न सहरबाट १८ वर्षमुनिका ५ बालबालिकाको उद्धार गरिएको छ ।

भारतको कलकत्ताबाट ति पाँच जना नेपाली बालबालिकाको उद्धार गरी शनिबार काकरभिट्टा ल्याइएको छ । विश्व सेवा विस्तार संस्थाका शाखा कार्यालय काकरभिट्टाले दुई बालिका र तीन बालकलाई उद्दार गरी शनिबार काकरभिट्टा ल्याइएको हो ।

उद्धार गरिएका बालक धनुषा , रोल्पा र पाँचथरका तथा बालिकाहरु कास्की र मकवानपुरका रहेका छन् ।

विश्व सेवा विस्तार संस्थाका शाखा कार्यालय काकरभिट्टाका फिल्ड इन्चार्ज कुमार बस्नेतले भारतमा उद्धार गरेर बालगृहमा राखिएका नेपाली बालबालिकालाई काकरभिट्टा ल्याइएको जानकारी दिएका हुन्।

भारतको कलकत्तामा विभिन्न होटल र कारखानामा काम गर्दै आएका बालबालिकालाई प्रहरीले नियन्त्रणमा लिएर बाल गृह र बालिका गृहमा राखेका थियो ।

ती बालबालिकालाई विश्व सेवा विस्तार संस्था काकरभिट्टाको पहलमा भारतीय प्रहरी, नेपाली महावाणिज्य दूतावास कलकत्ता ,नेपाल प्रहरीसँगको सहकार्यमा उद्धार गरि नेपाल ल्याइएको हो ।

उद्धार गरिएका सबैलाई शनिबार नै परिवारको जिम्मा लगाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]