११ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
×

सोनामाई मन्दिरमा भूतमेला सुरु

Logo
प्रकाशित आइतबार, आश्विन २४, २०७८

न्यूजमधेश डेस्क
महोत्तरी, २४ असोज । जिल्लाको प्रसिद्ध देवी शक्तिपीठ सोनामाई मन्दिरमा भूतमेला सुरु भएको छ । औरही नगरपालिका–७ भोइलस्थित सोनामाई मन्दिरमा नवरात्रको पाँचौँ दिन (पञ्चमी तिथि)मा सुरु हुने सो मेला तिथिको घटबढले चौथौ दिन आजै सुरु भएको हो ।

बिहान सूर्योदयपछि सात घडी १३ पला बितेसँगै पञ्चमी तिथि भएकाले आजै मेला प्रारम्भ भएको मन्दिर व्यवस्थापन समितिले जनाएको हो । तिथिको भोगअनुसार आज बिहान ८ बजेपूर्व नै पञ्चमी प्रारम्भ भएको मैथिल कर्मकाण्डका ज्ञाताले बताएका छन् ।

नवरात्रको पञ्चमीदेखि नवमीसम्म आयोजना गरिने मेलामा दुष्टात्माबाट सताइएका भक्तजनले देवीसँग कष्ट निवारणका लागि पुकार गर्छन् । भूतप्रेत, बोक्सा–बोक्सी र दुष्टात्माले सताइएका भक्तजन देवीको दर्शन र पुकार पछि निको भएर जाने गरेका विश्वास गरिन्छ । वर्षौँदेखि भूत, पिसाच, जादु र टुनाको कुचक्रका साथै बोक्साबोक्सीबाट सताइएकाहरू जीवन र मृत्युको दोसाँधमा परेपछि सोनामाईको सीमा क्षेत्रमा पुग्नासाथ कसबाट सताइएको हो आफैँ बक्ने गरेको देखिन्छ । यस्ता दुःखीहरु देवीको शक्तिले मन्दिर सीमा क्षेत्रमा प्रवेश गरेलगत्तै लड्दै, रुँदै, हाँस्दै र विभिन्न असमान्य गतिविधि देखाउँदै मुख्य मन्दिरमा पुगेपछि सोनामाईको कृपाले निको भएर घर र्फकने गरेका मन्दिरका मुख्य पुजारी केदार झा बताउनुहुन्छ ।

पञ्चमीदेखि नवमी तिथिभरि रहने मेलामा प्रदेश नं २का र छिमेकी मुलुक भारतको सीतामढी, मधुवनी, चम्पारन, शिवहर र मुजफ्फरपुर जिल्लाका भक्तजनको घुइँचो लाग्ने गरेको छ । दुष्टात्माका कारण रातदिन दुःखी र पीडित भएका कारण पीडितहरू देवीको कृपाले निको भएर हाँस्दै घर फर्कने गरेका भोइलवासी बताउँछन् ।

सोनामाई शक्तिपीठमा दर्जनाँै धामी झाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने यस अवधिमा माता दुर्गा यहाँ प्रत्यक्ष विराजमान भएर पीडितको कष्ट निवारण गर्नुहुने मुख्य पुजारी झाको भनाइ छ । माताको दरबारमा एकपटक पुग्ने पीडितको शरीरमा फेरि कहिल्यै पनि यस्तो असर नहुने जनविश्वास छ ।

मेलाको परम्परागत र सांस्कृतिक महत्व भए पनि भूतमेलासँग जोडिएर आउने बोक्साबोक्सी र कथित दुष्टात्माको कुरा भ्रममात्र भएको नयाँ पिँढीका व्यक्ति बताउँछन् । बडादसैँ पर्वमा देवी दुर्गाको महत्ता उजागर हुनु तथा मातृसत्ताप्रति श्रद्धाभाव जगाइनु राम्रो र उन्नत संस्कार भए पनि यससँग जोडेर भूतप्रेत, बोक्साबोक्सीजस्ता अन्धविश्वासको पछि लाग्नु समाजको अग्रगतिका लागि बाधक रहेको नयाँ पिँढीका युवाको भनाइ छ । मेलाको यो पक्षलाई परिस्कार गरिनुपर्ने भङ्गाहा–४ का युवा देवनाथ सिंह बताउनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]