१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

सोनामाई मन्दिरमा भूतमेला सुरु

Logo
प्रकाशित आइतबार, आश्विन २४, २०७८

न्यूजमधेश डेस्क
महोत्तरी, २४ असोज । जिल्लाको प्रसिद्ध देवी शक्तिपीठ सोनामाई मन्दिरमा भूतमेला सुरु भएको छ । औरही नगरपालिका–७ भोइलस्थित सोनामाई मन्दिरमा नवरात्रको पाँचौँ दिन (पञ्चमी तिथि)मा सुरु हुने सो मेला तिथिको घटबढले चौथौ दिन आजै सुरु भएको हो ।

बिहान सूर्योदयपछि सात घडी १३ पला बितेसँगै पञ्चमी तिथि भएकाले आजै मेला प्रारम्भ भएको मन्दिर व्यवस्थापन समितिले जनाएको हो । तिथिको भोगअनुसार आज बिहान ८ बजेपूर्व नै पञ्चमी प्रारम्भ भएको मैथिल कर्मकाण्डका ज्ञाताले बताएका छन् ।

नवरात्रको पञ्चमीदेखि नवमीसम्म आयोजना गरिने मेलामा दुष्टात्माबाट सताइएका भक्तजनले देवीसँग कष्ट निवारणका लागि पुकार गर्छन् । भूतप्रेत, बोक्सा–बोक्सी र दुष्टात्माले सताइएका भक्तजन देवीको दर्शन र पुकार पछि निको भएर जाने गरेका विश्वास गरिन्छ । वर्षौँदेखि भूत, पिसाच, जादु र टुनाको कुचक्रका साथै बोक्साबोक्सीबाट सताइएकाहरू जीवन र मृत्युको दोसाँधमा परेपछि सोनामाईको सीमा क्षेत्रमा पुग्नासाथ कसबाट सताइएको हो आफैँ बक्ने गरेको देखिन्छ । यस्ता दुःखीहरु देवीको शक्तिले मन्दिर सीमा क्षेत्रमा प्रवेश गरेलगत्तै लड्दै, रुँदै, हाँस्दै र विभिन्न असमान्य गतिविधि देखाउँदै मुख्य मन्दिरमा पुगेपछि सोनामाईको कृपाले निको भएर घर र्फकने गरेका मन्दिरका मुख्य पुजारी केदार झा बताउनुहुन्छ ।

पञ्चमीदेखि नवमी तिथिभरि रहने मेलामा प्रदेश नं २का र छिमेकी मुलुक भारतको सीतामढी, मधुवनी, चम्पारन, शिवहर र मुजफ्फरपुर जिल्लाका भक्तजनको घुइँचो लाग्ने गरेको छ । दुष्टात्माका कारण रातदिन दुःखी र पीडित भएका कारण पीडितहरू देवीको कृपाले निको भएर हाँस्दै घर फर्कने गरेका भोइलवासी बताउँछन् ।

सोनामाई शक्तिपीठमा दर्जनाँै धामी झाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने यस अवधिमा माता दुर्गा यहाँ प्रत्यक्ष विराजमान भएर पीडितको कष्ट निवारण गर्नुहुने मुख्य पुजारी झाको भनाइ छ । माताको दरबारमा एकपटक पुग्ने पीडितको शरीरमा फेरि कहिल्यै पनि यस्तो असर नहुने जनविश्वास छ ।

मेलाको परम्परागत र सांस्कृतिक महत्व भए पनि भूतमेलासँग जोडिएर आउने बोक्साबोक्सी र कथित दुष्टात्माको कुरा भ्रममात्र भएको नयाँ पिँढीका व्यक्ति बताउँछन् । बडादसैँ पर्वमा देवी दुर्गाको महत्ता उजागर हुनु तथा मातृसत्ताप्रति श्रद्धाभाव जगाइनु राम्रो र उन्नत संस्कार भए पनि यससँग जोडेर भूतप्रेत, बोक्साबोक्सीजस्ता अन्धविश्वासको पछि लाग्नु समाजको अग्रगतिका लागि बाधक रहेको नयाँ पिँढीका युवाको भनाइ छ । मेलाको यो पक्षलाई परिस्कार गरिनुपर्ने भङ्गाहा–४ का युवा देवनाथ सिंह बताउनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]