१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

सिरहामा महिला उद्योगी व्यवसायी बढ्दै

Logo
प्रकाशित सोमबार, आश्विन २५, २०७८

राजु विश्वकर्मा
लहान, २५ असोज। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ४ का सुनिताकुमारी साह यतिबेला गाउँ नजिकैका चोकमा जेनरल स्टोर्स सञ्चालन गरिहरनुभएको छ ।

गत भदौ २१ गते घरेलु तथा साना उद्योग कार्यालय लहानमा सुनिता जेनरल स्टोर्स दर्ता गराउनुभएको उहाँले यतिबेला असल गृहणीसँगै सफल व्यवसायी पनि बन्ने अभियानमा जुट्नु भएको छ ।

उहाँले भन्नुभयो “सुरुमा श्रीमान्लाई सञ्चालक बनाएर जेनरल स्टोर्स दर्ता गराउने सोचमा थिएँ । सरकारले छुट दिने जनाएपछि आफ्नै नाममा दर्ता गराएँ ।” सीप नभएपछि घरकै काममा मात्र सीमित रहँदै आएकी सिरहाको नवराजपुर गाउँपालिका– ५ की पिङ्कीकुमारी यादव पनि यतिबेला आफ्नै नाममा फेन्सी स्टोर्स दर्ता गराएर नजिकैको बजारमा व्यवसायी गर्दै आउनुभएको छ ।

सुनिता र पिङ्की मात्रै होइन्, सरकारले उद्योग र व्यवसायी दर्ता दस्तुरमा महिलालाई छुट दिएपछि जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढ्दै गएको छ । कुनै बेला महिलालाई सञ्चालक बनाएर उद्योग दर्ता गराउने सङ्ख्या न्यून रहेको जिल्लामा विगत केही महिनायता महिलालाई नै मुख्य सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढ्ेको हो ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरी महिला सञ्चालक भएको रु एक करोडसम्मको कारोबारको उद्योग व्यवसायीको दर्तामा रु २०० मात्र दस्तुत लाग्ने व्यवस्था गरेपछि जिल्लामा प्रायः महिलालाई सञ्चालक बनाएर उद्योग व्यापार दत्र्ता गराउने क्रम बढ्ेको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्र यादवले जानकारी दिनुभयो ।

अहिले दैनिक १५ देखि २० सम्म नयाँ उद्योग दर्ता हुने गरेकामा करिब ९० प्रतिशत उद्योग व्यापार महिलाकै नाममा दर्ता हुने गरेको उहाँकोे भनाइ छ । पुरुषको नाममा उद्योग व्यापार दर्ता गराउदा बढी दस्तुर लाग्ने भएकाले महिलालाई मालिक बनाएर व्यापार दर्ता गराउने क्रम बढ्ेको छ ।

त्यही व्यापार पुरुषको नाममा दर्ता भए कारोबारको हिसाबले रु २५ हजारसम्म दर्ताबापत दस्तुर लाग्ने तर महिलालाई रु २०० सम्म मात्र दस्तुर लाग्ने गरेकोले महिलाको नाममा उद्योग व्यापार दर्ता गराउने गरेको प्रमुख यादवको भनाइ छ ।

कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८÷७९ को दुई महिनाका अवधिमा जिल्लामा ३३६ नयाँ व्यावसायिक फर्म दर्ता भएको छ । तीमध्ये २६५ व्यवसायको मालिक महिला नै छन् ।

यस्तै सो अवधिमा जिल्लामा दर्ता भएको १५६ उद्योगमध्ये १०८ को मालिक अर्थात सञ्चालक महिला छन् भने बाँकीको मात्र पुरुष रहेको जनाएको छ । नयाँ दर्ता भएका व्यवसायतर्फ अधिकांश जेनरल स्टोर्स छन् भने वाणिज्य अर्थात उद्योगतर्फ अधिकांश कृषि र माछा तथा पशुपालन बढिरहेको छ ।

यसले पनि पछिल्लो समय महिलालाई उद्योग व्यवसायको मालिक बनाउने क्रम बढ्ेको पुष्टि गरेको छ ।
सरकारले महिलाको नाममा दर्ता हुने उद्योग व्यवसायलाई दस्तुतमा छुट दिनु, स्थानीय प्रशासनले पनि उद्योग व्यवसायी दर्ताका लागि कडाइ गर्नु र बैंक तथा वित्तीय संस्थाले उद्योग व्यवसायमा ऋण लगानी सहज बनाएका कारण पनि यस्ता घरेलु तथा साना उद्योग व्यवसाय दर्ता गराउने क्रम बढ्ेको जनाइएको छ ।

घरकै काममा मात्र सीमित रहँदै आएकी महिलालाई विस्तारै उद्योग पहिला पहिला महिलालाई उद्योग व्यापारको मालिक बनाउनुहुँदैन भन्ने समाजमा मानसिकता थियो । अहिले त्यो मानसिकता हट्दै गएकोले महिलालाई उद्योग व्यापारको मालिका बनाउन थालिएको स्थानीय बुद्धिजीवीको भनाइ छ ।

लहान उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक अमात्यले भन्नुभयो,“ पुरुष प्रधान समाजमा महिलालाई मालिक बनाउने संस्कार पहिला थिए । अहिले महिलालाई सुविधा दिन थालेपछि समाजमा रुपान्तरण हुन थालेको छ, यसैको परिणामस्वरुप महिलालाई मालिक बनाउन लागिएको हो ।” सुरुमा उद्योग व्यापारको मालिक केबल पुरुष मात्रै अधिकांश हुँदा सङ्घमा महिलाको सङ्ख्या एकदमै न्यून थियो, अब विस्तारै बढ्न थालेको उहाँकोे भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]