२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

राजनीतिक र सामाजिक समावेशिता माग गर्दै अफगानिस्तानमा प्रदर्शन

Logo
प्रकाशित सोमबार, आश्विन २५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२५ असोज।अफगानिस्तानमा दर्जनौँ महिला अधिकारकर्मीले राजनीतिक तथा सामाजिक समावेशिताको माग गर्दै प्रदर्शन गरेका छन्।

तालिवानले गठन गरेको कामचलाउ सरकारमा महिला सहभागिताको माग गर्दै उनीहरूले राजधानी काबुलमा प्रदर्शन गरेका टोलो न्युजलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

नयाँ सरकारमा आफूहरूको भूमिका स्पष्ट नभएसम्म प्रदर्शन नरोक्ने अधिकारकर्मीहरूको अडान छ। ‘नयाँ सरकार र उनीहरूको शासनकालमा महिलाको हकअधिकार, स्वतन्त्रता, सहभागिता र समावेशिताको विषय अझै पनि अनिश्चित र अन्याेलपूर्ण रहेकाले त्यसतर्फ हामीले ध्यानाकर्षण गराएका हौँ,’ एक महिला अधिकारकर्मीले भनिन्।

उनका अनुसार अफगानिस्तानमा महिला अधिकार, स्वतन्त्रता र समावेशिताको माग गर्दै सयभन्दा बढी देशमा प्रदर्शन भएको छ।

विश्वभरिबाट दबाब भए पनि महिला अधिकारको पक्षमा तालिवान सरकारले उदारता देखाएको छैन। तर, महिलाको शिक्षा, रोजगारी र राजनीतिक क्षेत्रमा महिला सहभागिता गराउने प्रतिबद्धता भने जनाउँदै आएको छ।

विश्व समुदायलाई आफूहरू सुध्रिएको, उदार भएको देखाउन तालिवान सरकारले मौखिक प्रयास गरे पनि व्यवहारमा भने देखिएको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]