२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

रूपन्देहीकाे मोतीपुरमा कर्फ्यु आज पनि जारी

Logo
प्रकाशित मंगलबार, आश्विन २६, २०७८

न्यूजमधेश डेस्क
भैरहवा,२६ असोज। रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा गत आइतबार प्रहरीसँग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा लगाईको कफ्र्यु आज पनि जारी छ ।

थप झडप हुने भयले स्थानीय प्रशासनले कफ्र्यु जारी राखेको हो ।

आईतबार झडपमा घाइते भई भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकाहरू मध्ये ४ जनाको मृत्यु भएको थियो । उपचारका लागि लगिएका ८ जना मध्ये ४ जनाको मृत्यु भएको हो । घाइते १ जनाको अवस्था गम्भीर छ ।

मृतकहरु मध्ये कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारको पहिचान खुलेको छ भने ३ जनाको अझै पहिचान खुल्न सकेको छैन । झडपमा नेपाल प्रहरीका १६ जना र ससस्त्र प्रहरीका १५ जना घाइते भएका छन् ।

घाइते प्रहरीमध्ये ६ जनाको काठमाडांैमा भईरहेको छ । सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]