१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

कमला युवा संजालको शुभकामाना अदान प्रदान कार्यक्रम सोनापाडामा सम्पन्न

Logo
प्रकाशित बुधबार, आश्विन २७, २०७८

जनकपुरधाम ,२७ असोज । धनुषाको कमला नगरपालिकाका युवाहरुको छाता संगठन कमला युवा संजालको शुभकामाना अदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार नगरपालिकाकै वडा नम्बर ८ सोनापाडामा संजालका महासचिव चन्द्रदीप यादवको अध्यक्षतामा विजया दशमी ,दिपावली तथा छठ पर्वको अवसरमा शुभकामाना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा माओबादी केन्द्रका नेता बलराम बिराजी ,नेकपा एसका युवा नेता रक्की प्रसाद साह ,एसएम कोचिंगका संयोजक सन्तोष साह , कमला युवा संजालका अध्यक्ष बिमलेश यादव र युवा अभियानी रुपेंश रानको उपस्थितिमा शुभकामाना आदानप्रदान कार्यक्रम भएको थियो । कार्यक्रममा एक आपसमा शुभकामाना साटासाट गरेका थिए ।

सो कार्यक्रममा कमला युवा संजालको पदाधिकारीहरु ,विद्यार्थी ,समाजसेवीहरु ,वुद्धिजीवी र स्थानीयवासीहरुको सहभागितामा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]