३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाढीको कारणले प्रदेश २ मा १४ जनाको मृत्यु , कयो बेपत्ता

Logo
प्रकाशित सोमबार, आषाढ ३०, २०७६

सिबेन्द्र रोहिता

जनकपुरधाम : प्रदेश २ मा भारी बर्षा र बाढीको कारण प्रदेशका ८ जिल्लामा १४ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा ६ जना बालबालिका छन् । सबैभन्दा बढी रौतहटमा ५ जनाको मृत्यु भएको छ ।

धनुषा, महोत्तरी, बारा र पर्सामा २र२ जनाको तथा सिरहामा १ जनाको मृत्यु भएको छ । उनीहरुको बाढी र डुबान तथा सर्पदंशका कारण ज्यान गएको प्रदेश प्रहरी २ को कार्यालयले जनाएको छ । धनुषाको चारनाथ नगरपालिकास्थित चारनाथ नदीमा डुबेको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन् ।

५५ बर्षको जस्तो देखिने उनको सनाखत हुन सकेको छैन् । जनकनन्दनी गाउँपालिकामा डुबेर मृत्यु भएको अवस्थामा एक बृद्वको शव फेला परेको छ । अन्दाजी ६७ बर्षीय उनको पनि पहिचान खुल्न सकेको छैन् ।

रौतहट सदरमुकाम गौर नगरपालिका ३ निवासी शिवमंगल पटेलको टिकुलिया नदीमा डुबेर ज्यान गएको छ । सोही ठाउँका उमेश राउतको समेत डुबेर ज्यान गएको छ । यस्तै इशानाथ नगरपालिका १ मा डेरा गरी बस्ने भारतीय नागरिकको अत्यधिक बर्षाकाबीच छतमाथि शौच गर्न जाँदा त्यहींबाट लडेर मृत्यु भएको छ । यमनुनामाई गाउँपालिका १ मा २५ बर्षीय गायत्रीदेवी साहको भने सर्पदंशबाट मृत्यु भएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

रौतहटको दुर्गाभगवती गाउँपालिका ४ का बिरेन्द्र मिश्रको पनि कल्भर्टमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।बारामा दुई जना बालकको डुबेर मृत्यु भएको छ । परवानीपुर गाउँपालिका १ निवासी अरबिन्द यादवको १८ महिने छोरा बिकी यादवको घर नजिकै जमेको पानीमा तथा कलैया १३ निवासी १३ वर्षीय बालक अजित साहको बाटो बनाउन खनिएको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

पर्सा सदरमुकाम वीरगञ्ज महानगरपालिका १३ निवासी १४ वर्षीय बालक अनुप पटेलको सिर्सिया नदीमा डुबेर मृत्यु भएको छ । पर्साकै पर्सागढी नगरपालिका १ का १० वर्षीय निखिल पटेलको सिंयाही खोलामा बगेर ज्यान गएको छ ।

महोतरीमा एक युवकको शव डुबेर मृत्यु भएको अवस्थामा फेला परेको छ । भंगहा नगरपालिका ४ स्थित रातु खोलामा सनाखत हुन नसकेका १५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै बलवा नगरपालिका २ का ७० बर्षीय हमिद मियाँको रातु खोलामा बगेर ज्यान गएको छ ।

सिरहामा बाख्रा चराउन गएकी बालिकाको पनि जमेको पानीमा डुबेर मृत्यु भएको छ । मिर्चैया नगरपालिका ४ निवासी १० वर्षीया रागनी कुमारी महतोको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका ४ निवासी ५५ बर्षीय कामेश्वर यादव कमला नदीमा, सिरहाकै कर्जन्हा नगरपालिका १ का ७५ बर्षीय भोला साहको धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ स्थित कमला नदीमा, महोत्तरीको पिप्रा गाउँपालिका १३ बर्षीय युवराज ठाकुर जलेश्वर नगरपालिका ८ स्थित कल्भर्टमा डुबेर वेपत्ता भएका छन् ।

प्रदेश २ को १ सय ३६ स्थानीय तह मध्ये ९४ पालिका वर्षा र बाढीबाट प्रभावित भएका छन् । बारा जिल्लामा सबै भन्दा कम ३ वटा पालिका प्रभावित भएका छन् । सबै भन्दा बढि सप्तरी जिल्लाको १८ वटै स्थानीय तह प्रभावित भएकोछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]