२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

बाढीको कारणले प्रदेश २ मा १४ जनाको मृत्यु , कयो बेपत्ता

Logo
प्रकाशित सोमबार, आषाढ ३०, २०७६

सिबेन्द्र रोहिता

जनकपुरधाम : प्रदेश २ मा भारी बर्षा र बाढीको कारण प्रदेशका ८ जिल्लामा १४ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा ६ जना बालबालिका छन् । सबैभन्दा बढी रौतहटमा ५ जनाको मृत्यु भएको छ ।

धनुषा, महोत्तरी, बारा र पर्सामा २र२ जनाको तथा सिरहामा १ जनाको मृत्यु भएको छ । उनीहरुको बाढी र डुबान तथा सर्पदंशका कारण ज्यान गएको प्रदेश प्रहरी २ को कार्यालयले जनाएको छ । धनुषाको चारनाथ नगरपालिकास्थित चारनाथ नदीमा डुबेको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन् ।

५५ बर्षको जस्तो देखिने उनको सनाखत हुन सकेको छैन् । जनकनन्दनी गाउँपालिकामा डुबेर मृत्यु भएको अवस्थामा एक बृद्वको शव फेला परेको छ । अन्दाजी ६७ बर्षीय उनको पनि पहिचान खुल्न सकेको छैन् ।

रौतहट सदरमुकाम गौर नगरपालिका ३ निवासी शिवमंगल पटेलको टिकुलिया नदीमा डुबेर ज्यान गएको छ । सोही ठाउँका उमेश राउतको समेत डुबेर ज्यान गएको छ । यस्तै इशानाथ नगरपालिका १ मा डेरा गरी बस्ने भारतीय नागरिकको अत्यधिक बर्षाकाबीच छतमाथि शौच गर्न जाँदा त्यहींबाट लडेर मृत्यु भएको छ । यमनुनामाई गाउँपालिका १ मा २५ बर्षीय गायत्रीदेवी साहको भने सर्पदंशबाट मृत्यु भएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

रौतहटको दुर्गाभगवती गाउँपालिका ४ का बिरेन्द्र मिश्रको पनि कल्भर्टमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।बारामा दुई जना बालकको डुबेर मृत्यु भएको छ । परवानीपुर गाउँपालिका १ निवासी अरबिन्द यादवको १८ महिने छोरा बिकी यादवको घर नजिकै जमेको पानीमा तथा कलैया १३ निवासी १३ वर्षीय बालक अजित साहको बाटो बनाउन खनिएको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

पर्सा सदरमुकाम वीरगञ्ज महानगरपालिका १३ निवासी १४ वर्षीय बालक अनुप पटेलको सिर्सिया नदीमा डुबेर मृत्यु भएको छ । पर्साकै पर्सागढी नगरपालिका १ का १० वर्षीय निखिल पटेलको सिंयाही खोलामा बगेर ज्यान गएको छ ।

महोतरीमा एक युवकको शव डुबेर मृत्यु भएको अवस्थामा फेला परेको छ । भंगहा नगरपालिका ४ स्थित रातु खोलामा सनाखत हुन नसकेका १५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै बलवा नगरपालिका २ का ७० बर्षीय हमिद मियाँको रातु खोलामा बगेर ज्यान गएको छ ।

सिरहामा बाख्रा चराउन गएकी बालिकाको पनि जमेको पानीमा डुबेर मृत्यु भएको छ । मिर्चैया नगरपालिका ४ निवासी १० वर्षीया रागनी कुमारी महतोको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका ४ निवासी ५५ बर्षीय कामेश्वर यादव कमला नदीमा, सिरहाकै कर्जन्हा नगरपालिका १ का ७५ बर्षीय भोला साहको धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ स्थित कमला नदीमा, महोत्तरीको पिप्रा गाउँपालिका १३ बर्षीय युवराज ठाकुर जलेश्वर नगरपालिका ८ स्थित कल्भर्टमा डुबेर वेपत्ता भएका छन् ।

प्रदेश २ को १ सय ३६ स्थानीय तह मध्ये ९४ पालिका वर्षा र बाढीबाट प्रभावित भएका छन् । बारा जिल्लामा सबै भन्दा कम ३ वटा पालिका प्रभावित भएका छन् । सबै भन्दा बढि सप्तरी जिल्लाको १८ वटै स्थानीय तह प्रभावित भएकोछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]