२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

Logo
प्रकाशित बुधबार, आश्विन २७, २०७८

न्यूजमधेश डेस्क
महोत्तरी ,२७ असोज। महोत्तरीको दुई स्थानमा भएको मोटरसाईकल दुर्घटनामा परी एक महिलासहित तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार पूर्व पश्चिम लोकमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा मन्दिर जाने सडक नजिकै दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१ का २८ वर्षीय विजयकुमार महतो र महतोत्तरीको बर्दिबास नगरपालिका–३ का २७ वर्षीय सुुरज तामाङ रहेको प्रहरीले जनाएको छ ।

महतो सवार भई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१–००२प ०५९७ नंको मोटरसाइकल गए राति करिब ९ बजे विपरीत दिशाबाट बर्दिबास नगरपालिका–३ का २७ वर्षीय सुुरज तामाङ र २२ वर्षीय सोनु सिंह सवार ज.१२ प.२९६१ नंको मोटरसाइकल आपसमा ठक्कर खाएर दुर्घटना हुँदा दुबै जनाको मृत्यु भएको हो ।

महतोको उपचारका क्रममा बर्दिबासको शुभ स्वस्तिक अस्पतालमा र तामाङको उपचारकै क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा गए राति नै मृत्यु भएको हो । सोही घटनामा सोनु सिंह गम्भीर घाइते भई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि जनकपुर लगिएको र अहिले थप उपचारका लागि काठमाडौँ पठाएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]