२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

प्रदेश २ मा ग्याँस बुलेटबाट १२० किलो गाँजा बरामद

Logo
प्रकाशित बिहिबार, आश्विन २८, २०७८

न्यूजमधेश डेस्क
पर्सा ,२८ असोज । पर्सामा भारतीय नम्बर प्लेटको ग्याँस बुलेटबाट एक सय २० किलो गाँजा बरामद भएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ आईसीपी गेट अगाडि रोकी राखेको भारतीय नम्बर प्लेटको एलपी ग्याँस बोकेको बुलेट​बाट एक सय २० किलो गाँजा बरामद गरेको हो ।

बुलेटको चालक बस्ने क्याबिन भित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताउनुभयो ।

उहाँका अनुसार बरामद गरिएको गाँजासहित ट्याङ्करलाई नियन्त्रणमा लिएर लागुऔषध कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अशोक राई नेतृत्वको नव गठित जनता समाजवादी पार्टी (जसपा) पत्रकार सम्मलेनको आयोजना गरेको छ । काठमाडौंको बिजुली बजारस्थित अल्फा बिटा भवनमा भोलि अपराह्न २ बजे पत्रकार सम्मेलन बोलाइएको हो। महासचिव ईश्तियाक राईनले देशको समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]

काठमाडौं। युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीले सर्लाही हरिपुर नगरपालिका–२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका–७ बस्ने ३० वर्षीय विधान कार्कीलाई सोमबार पक्राउ गरेको हो। कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न […]