२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

बन्दुकधारीको आक्रमणबाट ६ को मृत्यु

Logo
प्रकाशित शुक्रबार, आश्विन २९, २०७८

न्यूजमधेश डेस्क
बेरुत ,२९ असोज। बन्दुकधारीको आक्रमणबाट लेबनानमा कम्तिमा ६ जनाको मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्।

सन् २०२० को अगस्टमा बेरुतस्थित एक बन्दरगाहमा भएको विष्फोटको जाँचको विषयलाई लिएर भएको प्रर्दशनमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। बन्दरगाह विस्फोटनमा गरिएको जाँचमा उग्र राजनैतिक विवाद भएपछि पछिल्लो समय बेरुत थप अशान्त बनेको छ। बन्दरगाहा विष्फोटको जाँचको विरोधमा शिया मुस्लिम समूह हिजबुल्लाहले केही दिनदेखि प्रर्दशन गर्दै आइरहेका छन्।

सो जाँच न्यायाधीशको अध्यक्षतामा भइरहेको छ। प्रदर्शनकारीहरूले न्यायाधीश विभेदकारी भएको र जाँच गर्न नसक्ने भन्दै तत्काल उनलाई हटाउन माग गरेका छन्।

लेबनानका राष्ट्रपति मिशेल आओनले घटनाको भत्र्सना गरेका छन्। राष्ट्रपति आओनले भने, ‘आफ्नो स्वार्थका लागि देशलाई बन्धक बनाउने अधिकार कसैसँग छैन। कुनै पनि बहानामा देशलाई बन्धक हुन दिने छैनौँ।’

बिहीबारको घटनालाई लिएर लेबनानका प्रधानमन्त्री नाजीब मिकाटीले शुक्रबार एक दिनका लागि राष्ट्र शोकको घोषणा गरेका छन्।-एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]