१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

बेलायतमा एक सांसदको हत्या

Logo
प्रकाशित शनिबार, आश्विन ३०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,३० असोज । बेलायतमा एक सांसदको हत्या भएको छ । आफ्नो निर्वाचन क्षेत्र एसेक्समा गएका बेला कन्जरभेटिभ पार्टीका सांसद सर डेबिड एमेसमाथि चक्कु आक्रमण भएको हो ।

ली अन सी मा रहेको चर्चमा उहाँमाथि चक्कु आक्रमण भएको हो । हत्या अभियोगमा २५ वर्षका व्यक्तिलाई पक्राउ गरिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रहरीले आक्रमणमा प्रयोग भएको चक्कु बरामद गरेको छ । प्रहरीले यो घटनालाई आतंकवादी हमला भनेको छ । यो घटना इस्लामिक विद्रोही समूहसँग जोडिएको आशंका गरिएको बीबीसीले जनाएको छ ।

डेबिड पछि गृह मन्त्री प्रिती पटेलले सुरक्षा व्यवस्थाको तुरुन्त समीक्षा गर्न आदेश दिनुभएको छ । साथै उहाँले यो एक संवेदनशील हमला भएकोसमेत बताउनुभएको छ । घटनाको प्रधानमन्त्री बोरिस जोन्सनले पनि भर्त्सना गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]