०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

मधेशका किसानका आँखामा आँशु

Logo
प्रकाशित मंगलबार, कार्तिक ०२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२ कार्तिक । अविरल वर्षाले तराई /मधेशका धानबालीमा ठूलो क्षति भएपछि किसानहरु चिन्तामा डुबेको छ ।

पुर्वी धनुषाको कमला नगरपालिका वडा नम्बर ४ मुकेशकुमार यादव गाउँमा सरसापट गरी डेढ बिघा जग्गामा जिरी जातको धान लगाए । समयमै बर्षा भएका कारण राम्रै फल्यो । ऋण तिर्न र परिवारका निम्ति अन्न जोहो भयो भनेर उनी खुशी भए । एक साता अघि उनले काट्न शुरु गरे ।

आलिमा धानको राखेपछि थक्कित अबस्थामा किसान मुकेश यादव

तर सोमबार रातिदेखि परेको पानीले पाकिसकेको उनको धान डुबानमा परेको छ । ‘डेढ बिघा खेतकै धान भित्र्याउन मात्रै बाँकी थियो । मेरो मिहिनेत, लगानी सबै बर्बाद भयो’ उनी भन्छन्, कसरी ऋण तिर्ने, अनि परिवारलाई कसरी पाल्ने ?’

उनका अनुसार खेती गर्ने समयमा मजदुरको ज्याला र मलखाद्यका लागि ५० हजार ऋण लिएका थिए । ‘प्रत्येक बर्ष यस्तो ऋण लिएर खेती गर्दै आएको छु,’ उनी भन्छन्, ‘उब्जेको धान बेचेरै ऋण चुक्ता गर्ने र परिवारलाई पाल्दै आएको हो । यस पटक अब न ऋण तिर्न सकिन्छ, न त परिवारलाई नै पाल्न सकिन्छ ।’

मुकेश जस्तै पीडामा छन्, मालबर मण्डल । ९५ बर्षका मण्डलले १५ कठ्ठा जग्गामा धानबाली लगाएका थिए । पाकिसकेको धानबालीलाई घर भित्र्याउन बाँकी थियो । काटेर खेतमा राखेको धान बेमौसममा परेको पानीले डुबाएको छ । ‘शुरुदेखि खेती गरेरै परिवार पाल्दै आएको छु, अब कसरी छाँक टार्ने ?’ गहभरी आँसु पार्दै उनले भने ।

मण्डलका एक श्रीमती र एक छोरी छन् । भन्छन्, ‘सबै बर्बाद भयो, यसपाली पेट पाल्नै समस्या हुन्छ ।’

मुकेश र मालबरजस्तै धेरै किसानलाई पानीले पीडा दिएको छ । लगातारको भरीका कारण खेलमा पानी जमेको छ । डुवानमा परेको धानलाई उठाएर आलीमा राख्ने प्रयास गरिएको छ । तर डुबेको धान सड्ने सम्भावना धेरै भएको मुकेश बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]