२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

इनारमा डुबेर मृत्यु भएको प्रकरणमा तीन युवक पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक ०३, २०७८

न्यूजमधेश डेस्क
सिरहा ,३ कार्तिक । झिझिया नाच हेर्न गएका एक युवकको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

दसँैंको अवसरमा गत शुक्रबार आयोजित झिझिया नाँच हेर्न गएका सिरहाको गोलबजार नगरपालिका–८ भाइजिटोलका १७ वर्षीय सत्रुधन महतोको सिरहाकै नरहा गाउँपालिका–३ नयाँ चोहर्वाको इनारमा डुबेको अवस्थामा शव फेला परेको थियो । सो घटनामा संलग्न रहेको आरोपमा ती युवकका तीन जना साथीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेकाले पक्राउ परेकाको नाम प्रहरीले गोप्य राखेको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको र दसँैंको कारण अदालत बन्द रहेकाले केही प्रक्रिया पु¥याउनुपर्ने र अनुसन्धान अधुरो रहेकाले नाम सार्वजनिक गर्न नसकिने इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

गत शुक्रबार राति झिझिया नाचमा युवाको दुई समूहबीच झडप हुँदा भागदौड मच्चिदा नजिकै रहेको इनारमा चारै जना झरेका थिए । तत्काल प्रहरी र स्थानीयवासीले तीन जनाको उद्धार गरेपनि महतो भने इनारमै डुबेका थिए । गाउँकै जनता नमूना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत महतोको शव गत शनिबार बिहान मात्र स्थानीयवासीले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]