०९ बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

कोशीमा पानीको बहाव बढ्दैः राजविराज जलमग्न

Logo
प्रकाशित बुधबार, कार्तिक ०३, २०७८

न्यूजमधेश डेस्क
सप्तरी ,३ कार्तिक । विगत दुई दिनदेखि लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह बढ्दो क्रममा रहेको छ ।

सप्तरी र सुनसरी दुई जिल्ला जोडिने कोसी नदीमा लगातार परेको भारी वर्षाका कारण पानीको सतह बढ्दो क्रममा रहेको कोसी ब्यारेजले जनाएको छ ।

आज बिहान १० बजे गरिएको मापन अनुसार कोसी ब्यारेजमा दुई लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले अझै पानीको बहाव बढ्ने क्रममा नै रहेको कोसी ब्यारेज प्रशासनले जनाएको छ । नदीको पानीलाई निकास दिन ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् ।

पानीको बहाव बढेपछि आवश्यकता अनुसार थप ढोका खुला गरिने ब्यारेज प्रशासनले जनाएको छ । पहाडी क्षेत्रका साथै तराईमा पनि अत्यधिक वर्षा भइरहेकाले कोसीमा पानीको बहाव उच्च देखिएको छ । नदीमा पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कता सूचक रातो बत्ती बालिएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

राजविराज जलमग्न

दुई दिनदेखि लगातार परेको वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न खोलामा पानीको बहाव बढेको छ । जिल्लाको सुन्दरी खोलामा यस वर्षकै सबैभन्दा बढी पानीको बहाव देखिएको कञ्चनरुप नगरपालिकाका राजकुमार साहले बताउनुभयो । उहाँले यस खोलामा आएको वर्षाको बाढीले केही घरमा पानी पसेको छ ।

यस्तै जिल्लाको खाँडो नदीमा बाढी आएको छ । उक्त नदीमा आएको बाढीका कारण सप्तरीको दक्षिणी भेगका तिलाठी कोइलाडी गाउँपालिकाका अधिकांश गाउँ डुवानमापर्ने खतरा रहेको गाउँपालिकाले जनाएको छ ।

बलान नदीमा लगातारको वर्षाले पानीको बहाव उच्च रहेको देखिएको छ । सो नदीमा राति अबेरसम्म ठूलो बाढी आउन सक्निे स्थानीयवासीले जनाएका छन् । मुलुककै पुराना नगरपालिकामध्येका राजविराज नगरपालिकामा सामान्य वर्षा हुँदा पनि जलमग्न हुने गरेको छ ।

ढल निकासको उचित व्यवस्था नहँुदा सामान्य वर्षामा पनि नगर क्षेत्रका सडक तथा बजार अहिले जलमग्न भएका छन् । दुई दिनदेखि हावाहुरीसँगै आएको लगातारको वर्षाले राजविराज नगरपालिकाका मुख्य सडक तथा बजार डुवानमा परेको स्थानीयवासीले बताएका छन् ।

अहिले वर्षाले अनुपराज धर्मशाला, राजविराज हटिया, राजविराजको खर्साल टोल, मिमाली टोल र सडक जलमग्न भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]