११ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
×

समयमा काम नगरेपछि खानेपानीका निमित प्रमुख कुशवाहालाई यसरी गरियो ‘जनकारवाही’

Logo
प्रकाशित बिहिबार, कार्तिक ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ कार्तिक । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले समयमा काम नगरेपछी खानेपानी तथा ढल निकास विभाग जनकपुरका निमित प्रमुख  हिलो र मोसो दलेर नगर परिक्रमा गराएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाभित्रको ढल व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भन्दै खानेपानी तथा ढल निकास विभाग जनकपुरका निमित प्रमुख जागेश्वर कुशवाहलाई बिहीबार दिउँसो शरीरमा हिलो र मोसो दलेर नगर परिक्रमा गराइएको हो ।

डा। राउतको सचिवालय अनुसार एक महिना पहिले नगरप्रमुख लालकिशोर साह र खानेपानी कार्यालयलाई ध्यानाकर्षण गराइएको थियो । आफ्नो मुद्दालाई बेवास्ता गरेको भन्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले ‘कारबाही’स्वरूप हिलो दलेर नगर परिक्रमा गराएका हुन् ।

पार्टीले नगरप्रमुख साहलाई पनि हिलो दलेर नगरको दुर्दशा देखाउने कार्यक्रम तय गरेको थियो । तर, नगरप्रमुख कार्यालयमा अनुपस्थित भए ।

कर्मचारी कुशवाहलाई अर्धनग्न बनाएर नगर परिक्रमा गराइएको थियो । त्यसक्रममा सहभागी नेता–कार्यकर्ताहरूले प्रदेश सरकार र स्थानीय सरकाविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]