३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

समयमा काम नगरेपछि खानेपानीका निमित प्रमुख कुशवाहालाई यसरी गरियो ‘जनकारवाही’

Logo
प्रकाशित बिहिबार, कार्तिक ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ कार्तिक । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले समयमा काम नगरेपछी खानेपानी तथा ढल निकास विभाग जनकपुरका निमित प्रमुख  हिलो र मोसो दलेर नगर परिक्रमा गराएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाभित्रको ढल व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भन्दै खानेपानी तथा ढल निकास विभाग जनकपुरका निमित प्रमुख जागेश्वर कुशवाहलाई बिहीबार दिउँसो शरीरमा हिलो र मोसो दलेर नगर परिक्रमा गराइएको हो ।

डा। राउतको सचिवालय अनुसार एक महिना पहिले नगरप्रमुख लालकिशोर साह र खानेपानी कार्यालयलाई ध्यानाकर्षण गराइएको थियो । आफ्नो मुद्दालाई बेवास्ता गरेको भन्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले ‘कारबाही’स्वरूप हिलो दलेर नगर परिक्रमा गराएका हुन् ।

पार्टीले नगरप्रमुख साहलाई पनि हिलो दलेर नगरको दुर्दशा देखाउने कार्यक्रम तय गरेको थियो । तर, नगरप्रमुख कार्यालयमा अनुपस्थित भए ।

कर्मचारी कुशवाहलाई अर्धनग्न बनाएर नगर परिक्रमा गराइएको थियो । त्यसक्रममा सहभागी नेता–कार्यकर्ताहरूले प्रदेश सरकार र स्थानीय सरकाविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]