१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

भ्रष्टाचार विरुद्ध आन्दोलनका १७ जना आनदोलनकारीमाथि मुद्दा दर्ता,रिहाको माग गर्दै प्रदर्शन

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,५ कार्तिक । खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई जनकारवाही गरेको आरोपमा पक्राउ परेका १७ जना नेताहरुविरूद्ध मुद्दा दर्ता गरिएको छ ।

बिहीबार दिउँसोसम्म दुई दिन भएको वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि उक्त
जनताले कार्यालय प्रमुख कुशवाहालाई जनकारवाही कपडा खोलेर गर्दै नगर परिक्रमा गराएका थिए ।

उनीहरुले कपडा निकालेर नगर परिक्रमा गराएपछि नगरपालिकालाई बुझाएको थिए ।

भ्रष्टाचार विरुद्धको आनदोलनका १७ जना आन्दोलनकारीमाथि सो घटनामा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता जीतेन्द्र बस्नेतका अनुसार उक्त जनमत पार्टीका धनुषा जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहा, विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विजय कुमार यादव , दुर्योधन यादव, प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो,नेता सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, सञ्जय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डलविरूद्ध मुद्दा दर्ता गरिएको छ ।

पक्राउ परेका भ्रष्टाचार विरुद्ध अभियानका अभियानीहरुलाई रिहाईको माग गर्दै जनकपुरमा जनमत पार्टीका नेता कार्यकर्ताहरुले प्रदर्शन गरेको हो ।

उनीहरुले भ्रष्टाचारीलाई कारवाही गर ,जनमत पार्टी जिन्दावाद ,पक्राउ परेका भ्रष्टाचार विरुद्धका अभियानिहरुलाई रिहा गर ,डा सीके राउत जिन्दाबाद जस्ता नाराहरु लगाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]