२४ साउन २०८२, शनिबार
09-08-2025 , Sat
×

जनमत पार्टीको प्रभावः काम नगर्ने हाकिमहरुलाई कारवाहीको पत्र काट्दै

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ कार्तिक । डा.सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले काम नगर्ने र भ्रष्टाचार गर्ने जनप्रतिनिधि तथा प्रशासकहरुलाई कारवाही स्वरुप ‘जनकारवाही’ अभियान चलाएपछि विभिन्न कार्यालयका प्रमुखहरुले धामधम काम अगाडि बढाएका छन्।

जनमत पार्टीका कार्यकर्ताहरुले विहीबार जनकपुरधामस्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुसवाहालाई जनकारवाही गरेपछि अन्य कार्यालयका प्रमुखहरु काम अगाडि बढाउन सक्रिय भएका छन्।

विहीबारको कारवाहीबाट प्रभावित बनेको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीले शुक्रबार ठेक्केदारलाई तीन दिने अल्मिेटमसहितको पत्र काटेको छ।

सप्तरीको राजविराज नगरपालिका २ मा महिनौंदेखि निर्माणाधिन सडकको काम अलपत्र छोडेका ठेक्केदारलाई शुक्रबार का.मु.आयोजना प्रमुख सुरेन्द्र कुमार साहले कारवाही गर्ने चेतावनीसहितको पत्र काटेको हो।

उक्त सडक निर्माणको काम पुरा गर्न जनमत पार्टी सप्तरीले कार्यालयलाई आग्रह गरेको थियो।

आयोजनाका का.मु.प्रमुख साहले काटेको पत्रमा ठेक्केदार कान्छाराम/डाँफे जे.भिलाई तीन दिनभित्र अलपत्र काम पुरा गर्न भनिएको छ। काम पुरा नगरेको खण्डमा जमानत तथा अग्रिम जमानतको रकम झिकाई कारवाही गर्ने चेतावनी दिइएको छ।

यससँगै सप्तरीका अन्य कार्यालयहरुलाई पनि पत्राचार गरिएको र उनीहरुले पनि छिटोछिटो रिस्पोन्स गरिरहेको जनमत पार्टीका नेताहरुले जनाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]