१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

जनमतको नेता कार्यकर्ताको रिहाइको माग गर्दै जनकपुरमा प्रदर्शन

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,५ कार्तिक । पक्राउ परेका आफ्ना कार्यकर्ताकोई रिहाइको माग गर्दै जनमत पार्टीले जनकपुरमा प्रदर्शन गरेको छ ।

बीहीबार जनमत पार्टीका कार्यकताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिई कुटपिट तथा हिलो छ्यापेर नगर परिक्रमा गराएको भन्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाएको छ ।

मुद्दा चलाएकालाई बिनाशर्त रिहाइको माग गर्दै जनमतका कार्यकर्ताहरूले शुक्रबार जनकपुरमा प्रदर्शन गरेका हुन् ।

कार्यकर्ताहरूको रिहाइको माग गर्दै जनमत पार्टीले शुक्रबार गाउँगाउँबाट सयौँ कार्यकर्ता जनकपुरमा उतारेर प्रदर्शन गरेको हो ।

प्रदर्शनमा जनमत पार्टीका हजारौं नेता कार्यकर्ताहरू सहभागीता रहेको थियो।

प्रहरीले आन्दोलनमा आएका आन्दोलनकारीहरुको करिब एक दर्जन मोटरसाइकल नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]