२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

जनमत पार्टीद्धारा पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा

Logo
प्रकाशित आइतबार, कार्तिक ०७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,७ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले आफनो कार्यकर्ताको रिहाइको माग राख्दै पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

जनमत पार्टीको आइतवार जनकपुरधाममा वसेको केन्द्रिय वैठकबाट पहिलो चरण अन्तरगत नउ दिन सम्म चरणवद्ध आन्दोलनका कार्यक्रमण घोषणा गरेको हो । कार्यक्रमहरुमा सिटी जुलुस देखि सर्वपक्षीय जनआन्दोलनको कार्यक्रम सम्म रहेको छ ।

पार्टीले घोषणा गरेको कार्यक्रम अनुसार कार्तिक ८ गते सोमवार जिल्ला स्तरीय वैठक राख्ने,जिल्लामा आन्दोलनको समिति वनाउने र जिल्ला कार्यकारिणी समितिबाट हरेक पालिकालाई आन्दोलनको लागिथ तयार गर्न अनुगमन अधिकारी तोक्ने साथै सोहि दिन हरेक जिल्लाको सदरमुकाममा सिटी जुलुस निकाल्ने भएको छ भने कार्तिक ९ गते मंगलवार गाउपालिका स्तरीय वैठक राख्ने,पालिका स्तरीय आन्दोलन समिति वनाउने र पालिकामा बाइक रयाली गर्दै नारा माइंकिङ्ग गराउने निर्णय गरेको छ ।

त्यसैगरि कार्तिक १० गते बुधवार हरेक वाडमा आन्दोलन समिति वनाउने,वडामा कोणसभा गर्ने र मशाल जुलुस निकाल्ने कार्यक्रम तय गरेको छ भने कार्तिक ११ गते वडामा युवा दस्ता प्रशिक्षण दिएर आरापार आनदोलनको तयारी गर्ने भएको छ । कार्तिक १२ गते जिल्ला सदरमुकाममा मशाल जुलुस प्रर्दशन,कार्तिक १३ गते अधिवेशनका कार्यक्रम सम्पन्न गर्ने कार्यक्रम राखिएको जारी विज्ञप्ती माफर्त जनाइएको छ ।

त्यस्तै कािर्तक १४ गते केन्द्रिय कार्यकारीणी समिति र जिल्ला कार्यकारिणी समितिको वैठकले समीक्ष गरी आन्दोलनको थप कार्यक्रम ल्याउने तय गरेको छ ।भने कार्तिक १५ गते सोमवार गाउपालिकाको ठुलो वजार र हटियाहरुमा कोणसभा गरेर माग जनता समक्ष अवगत गराउने कार्यक्रम राखेको छ ।

कार्तिक १६ गते वडा र टोलहरुमा कोणसभा र अन्तरक्रिया कार्यक्रमहरु गरेर माग जनता समक्ष अवगत गराउने,सवै जनता आनदोलनमा आउने गरी सर्वपक्षीय जनआन्दोलनको तयारी गर्ने लगायतको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]