१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

जनमतका नेताको मोटरसाइकल आगजानी गर्ने युवक प्रहरीको फन्दामा

Logo
प्रकाशित सोमबार, कार्तिक ०८, २०७८

न्यूजमधेश डेस्क
सिरहा,८ कार्तिक । डा सीके राउत नेतृत्वका जनमत पार्टीका केन्द्रिय सदस्य निर्मल मण्डलको मोटरसाइकलमा आगो लगाउने युवा प्रहरीको फन्दामा परेको छ।

सिरहाको मिर्चैया नगरपालिका १० का जनमत पार्टीका केन्द्रिय सदस्य मण्डलको स. ४ प ४३३७ नम्वरको मोटरसाइकलमा आगजानी गरेको आरोपमा स्थानीय ३३ वर्षिय दिपक साहलाई प्रहरीले आईतबार बेलुका पक्राउ गरेको हो ।

मण्डलले आफ्नै घर अगाडि रहेको सार्वजानिक भवनमा पार्किङ गरी राखेको मोटरसाइकलमा गत असोज २६ गते राति आगजानी भएको थियो ।

पक्राउ परेका साहले व्यक्तिगत रिसिविका कारण पेट्रोल छर्केर आगजानी गरेको प्रहरी सामु स्वीकार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

साहमाथि मण्डलले दिएको किटानी जाहेरीको आधारमा खोज तलास गर्दैजाँदा मिर्चैया ५ संस्थान चौकबाट तत्काल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेको साहमाथि आजै साहमाथि अपराधिद उपद्रव गरेको कसूरमा म्याद थपगरी आवश्यक अनुसन्धान अगाडी बढाउने प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]