१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

पूर्व मन्त्री अरगरिया जसपाका प्रभावशाली नेतालाई भित्र्याए लोसपामा

Logo
प्रकाशित सोमबार, कार्तिक ०८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,८ कार्तिक । धनुषामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रतिको आकर्षण बढ्दै गएको छ । पछिल्लो पटक यो पार्टीमा प्रवेश गर्नेहरुको संख्या बढ्न थालेको छ ।

पूर्व मन्त्री समेत रहेका प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरिया आफ्नो क्षेत्रमा सकृय रहँदै संगठन बनाउन लागिपरेका छन् ।

उनी आफ्नो संगठनलाई सकृय बनाउने क्रममा आईतबार झण्डै सय जनालाई पार्टी प्रवेश गराएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय वरिष्ठ नेता एवं पूर्व मन्त्री शरदसिंह भन्डारीको उपस्थितिमा अरगरियाले जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेतालाई लोसपामा भित्र्याएका छन् ।

धनुषा क्षेत्र नम्बर २ का जनता समाजवादी पार्टी (जसपा) का प्रभावसाली नेता रामकुमार यादवसहित रन्दिप गोइत, उपेन्द्र यादव, राजेश ठाकुर लगायत लोसपमा प्रवेश गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]