२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

मिथिला कप क्रिकेट प्रतियोगीतामा पर्सा र डि.आर.सि.ए. धनुषा बिजय

Logo
प्रकाशित सोमबार, कार्तिक ०८, २०७८

उदित यादव
राजविराज, ८ कात्तिक ।
युवा शक्ति क्लव विष्णुपुरद्धारा संचालित तेस्रो संस्करणकोे मिथिला कप क्रिकेट प्रतियोगीताको दास्रो दिनको खेलमा पर्साले मोरङ लाई ५४ रनले र डि.आर.सि.ए. धनुषा ले सिरहा लाई ७ विकेट ले पराजित गर्दै बिजय हात पारेका छ ।
सोमवार म.बि.व.क्याम्पसको खेल मैदानमा पहिलो टस जितेर युनाईटेड क्रिकेट क्लव पर्साले निर्धारित २० ओभरमा १० बिकेट गुमाई १ सय ३८ रनको योगफल खडा गरेको थिए ।
जसमा टिमका लागि इमरान सेक ३२ रन, असब मंसुरी ३० रन तथा नरेश गिरी १४ रनको योगदान गरेका थिए ।
बलिंग तर्फ बिराटनगर स्पोटीङ क्लव,मोरङ का मेहबुब इराकी ३ विकेट, सउगात भगत २ विकेट, मिनस थापा, बिधान गोश्वामी समान १–१ विकेट हात पारेका थिए ।
जवाफमा बिराटनगर ले १७ ओभर ५ बलमा आफ्नो विकेट गुमाउदै ८३ रनमै सम्पुर्ण विकेट गुमाए । जसमा विराटनगरका लागी मुकुन्द यादव २० रन, निरज मुखिया १८ रन र सिदान्त लोहनी १४ रनको योगदन दिएका थिए ।
बलिँग तर्फ पर्साका अलफाज मंसुरी ३ विकेट तथा साइफल, समसाद, राजा र नसरुदिन समान १–१ विकेट हाथ पारे पछि पर्सा ले सजिले जित हाथ पार्न सफ भएका थिए । सो खेलको म्यान अफ दि म्याच युनाईटेड पर्साका अलफाज घोषित भएको थिए ।
यसैगरी सोमवार नै सम्पन्न दोस्रो खेलमा सिरहालाई ७ विकेटले पराजित गर्दै धनुषा बिजय भएका छन् ।
टस जितेर ब्याटिङ रोजेको सिरहा ले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १ रनको योगफल खडा गरेका थिए । जसमा दिपेश दास ३० रन, शैलेन्द्र साह २४ रन र अमित मण्डल १५ रन जोडेका थिए । बलिंग तर्फ डि.आर.सि.ए. धनुषा का सैमन राय ३ विकेट, अकाश राय र बिशालले जम्मा २–२ विकेट तथा दिव्यान्सु मलिकले १ विकेट हाथ पारेका थिए । जवाफमा १ सय १ रनको लक्ष्य लिएका डि.आर.सि.ए. धनुषा ले १७ ओभर ३ बल खेल्दै बिजय हाथ पारेका थिए । जसमा हिमांसु दत अविजित रहदै ३६ रन जोडे भन्ने रौनक रतन २१ रन तथा बिशाल सुस्लीङ्गले १९ रनको योगदान दिएका थिए । बलिँग तर्फ सिरहाका मनोज यादव २ विकेट तथा सुमन १ विकेट हाथ पारेका थिए ।
सो खेलमा विजेता टिमका सैमन्न राय म्यान अफ दि म्याच घोषित गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अशोक राई नेतृत्वको नव गठित जनता समाजवादी पार्टी (जसपा) पत्रकार सम्मलेनको आयोजना गरेको छ । काठमाडौंको बिजुली बजारस्थित अल्फा बिटा भवनमा भोलि अपराह्न २ बजे पत्रकार सम्मेलन बोलाइएको हो। महासचिव ईश्तियाक राईनले देशको समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]

काठमाडौं। युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीले सर्लाही हरिपुर नगरपालिका–२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका–७ बस्ने ३० वर्षीय विधान कार्कीलाई सोमबार पक्राउ गरेको हो। कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न […]