१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

मिथिला कप क्रिकेट प्रतियोगीतामा पर्सा र डि.आर.सि.ए. धनुषा बिजय

Logo
प्रकाशित सोमबार, कार्तिक ०८, २०७८

उदित यादव
राजविराज, ८ कात्तिक ।
युवा शक्ति क्लव विष्णुपुरद्धारा संचालित तेस्रो संस्करणकोे मिथिला कप क्रिकेट प्रतियोगीताको दास्रो दिनको खेलमा पर्साले मोरङ लाई ५४ रनले र डि.आर.सि.ए. धनुषा ले सिरहा लाई ७ विकेट ले पराजित गर्दै बिजय हात पारेका छ ।
सोमवार म.बि.व.क्याम्पसको खेल मैदानमा पहिलो टस जितेर युनाईटेड क्रिकेट क्लव पर्साले निर्धारित २० ओभरमा १० बिकेट गुमाई १ सय ३८ रनको योगफल खडा गरेको थिए ।
जसमा टिमका लागि इमरान सेक ३२ रन, असब मंसुरी ३० रन तथा नरेश गिरी १४ रनको योगदान गरेका थिए ।
बलिंग तर्फ बिराटनगर स्पोटीङ क्लव,मोरङ का मेहबुब इराकी ३ विकेट, सउगात भगत २ विकेट, मिनस थापा, बिधान गोश्वामी समान १–१ विकेट हात पारेका थिए ।
जवाफमा बिराटनगर ले १७ ओभर ५ बलमा आफ्नो विकेट गुमाउदै ८३ रनमै सम्पुर्ण विकेट गुमाए । जसमा विराटनगरका लागी मुकुन्द यादव २० रन, निरज मुखिया १८ रन र सिदान्त लोहनी १४ रनको योगदन दिएका थिए ।
बलिँग तर्फ पर्साका अलफाज मंसुरी ३ विकेट तथा साइफल, समसाद, राजा र नसरुदिन समान १–१ विकेट हाथ पारे पछि पर्सा ले सजिले जित हाथ पार्न सफ भएका थिए । सो खेलको म्यान अफ दि म्याच युनाईटेड पर्साका अलफाज घोषित भएको थिए ।
यसैगरी सोमवार नै सम्पन्न दोस्रो खेलमा सिरहालाई ७ विकेटले पराजित गर्दै धनुषा बिजय भएका छन् ।
टस जितेर ब्याटिङ रोजेको सिरहा ले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १ रनको योगफल खडा गरेका थिए । जसमा दिपेश दास ३० रन, शैलेन्द्र साह २४ रन र अमित मण्डल १५ रन जोडेका थिए । बलिंग तर्फ डि.आर.सि.ए. धनुषा का सैमन राय ३ विकेट, अकाश राय र बिशालले जम्मा २–२ विकेट तथा दिव्यान्सु मलिकले १ विकेट हाथ पारेका थिए । जवाफमा १ सय १ रनको लक्ष्य लिएका डि.आर.सि.ए. धनुषा ले १७ ओभर ३ बल खेल्दै बिजय हाथ पारेका थिए । जसमा हिमांसु दत अविजित रहदै ३६ रन जोडे भन्ने रौनक रतन २१ रन तथा बिशाल सुस्लीङ्गले १९ रनको योगदान दिएका थिए । बलिँग तर्फ सिरहाका मनोज यादव २ विकेट तथा सुमन १ विकेट हाथ पारेका थिए ।
सो खेलमा विजेता टिमका सैमन्न राय म्यान अफ दि म्याच घोषित गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]