१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

घाँस काटेको बिबादमा ज्यान मार्ने प्रयास,सामुहिक रुपमा आक्रमण

Logo
प्रकाशित मंगलबार, कार्तिक ०९, २०७८

जीतेन्द्र कुमार राम
जनकपुरधाम,९ कार्तिक ।खेतको आलिको घाँस काटेको सामान्य बिबादको बिषयलाइ लिएर धनुषामा गएराती ४/५ जनाको समुहले एक जनामाथी हत्याको प्रयास भएको छ।

धनुषाको सवैला नगरपालिका ४ पटेर्वाको अन्दाजी बर्ष ६५ को रुपा महरामाथी उक्त बिषयलाइ लिएर आइतबार राती १२ बजेतिर साविक चिकना गाबिस २ तथा हाल कल्यानपुर नगरपालिका ५ घर भइ बस्दै आएका रामदयाल साहको छोरा नथुनी साह संग आइतबार बिहानै ९ बजेतिरको समयमा आलिमा घाँस काटेको भन्दै निज महराको बुहारीलाइ अनापसनाप एवं गालिगलौज गरिरहदा महराले रोकेको पिडितका परिवारजनले बताए।

सामान्य झगडाको बिषयलाइ लिएर हातहतियार सहित आएका उक्त समुहले रुपा महरामाथी आक्रमण गरेको तथा महराको खेतको एक दुई कित्ता खेत परमात्र खेतमै सानो छाप्रो बनाएर खेतमै बस्दै आएका गंगबा महरा तथा अरबिन्द महराले निज महराको चिच्याएको आवाज सुनेपछी दौडेर गएपछी उक्त समुहको भागाभाग भएको तथा निज महराको ज्यान बचेको रुपा महराको नाति प्रदिप महराले बताए।

“कमलाको पुर्वपट्टीका अधिकांश भुभाग तथा खेतियोग्य जमिन सिरहामै पर्ने गर्दछ।यो क्षेत्रका किसानहरुपनि तरकारी बाली तथा तरबुज,कांक्रो उब्जाउन र हेरचाह गर्न खेतमै सानो छाप्रो बनाएर बसिरहन्छ्न।बर्षायाममा पानी नपस्ने ठाउमा छाप्रो सार्छन।कमलाको पुर्व धनुषाको केही भुभाग तथा कमलाको पश्चिम सिरहाको केही भुभाग परेकोले सवै प्राय सानो छाप्रो बनाएर त्यही बस्ने गर्दछन।तर अचानक यसरी आएर आक्रामक शैलिमा ज्यानै मार्ने गरि हमला गर्नु नसोचेको भएको छ।हुनत खेतिपातिमा आलि काट्ने,घाँस काट्ने जस्ता कुरामा सानोतिनो बिबाद हुनु सामान्य कुरा हो,”पटेर्वाकै नाम नखोल्ने भन्दै एकजना किसान ले बताए।

हमलाको क्रममा निज पिडित महराको बायाँ हातको औठा भांचिएको,गम्भीर चोटपटक लागेको तथा हातको औठामा स्टिल लगाउनु पर्ने समेत महराको नातिले बताए।

यता इलाका प्रहरी सवैलाले इलाकालाइ राती १ बजेतिर जानकारी पश्चात् खोजबिन गर्दा अपराधी फरार रहेको तथा अनुसन्धान कार्य गरिरहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]